२०८२ बैशाख २५, बिहिबार
24 खबर अपडेट

विश्व रेडक्रस दिवसको अवसरमा पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण

२०८२ बैशाख २५, बिहिबार प्रकाशित ( घण्टा अघि) १०२ पाठक संख्या

परासी,२५ वैशाख । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले बिरामीलाई फलफूल वितरण गरेर विश्व रेडक्रस दिवस मनाएको छ ।
दिवसको अवसरमा आज बिहान पृथ्वीचन्द्र अस्पताल परासीका बिरामीलाई फलफूल वितरण गरि स्वास्थ्य लाभको कामना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको नेतृत्वमा जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु,कर्मचारी,नागरिक समाज तथा पत्रकार सहितको टोलीले अस्पतालका ३५ जना बिरामीलाई फलफूल वितरण गरेको हो ।
फलफूल वितरण अघि जिल्ला शाखामा आयोजित कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्वीरमा माल्यार्पण गरि श्रद्धासुमन व्यक्त गरिएको थियोे ।

20250508_085326

। ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ आज विश्वभर विश्व रेडक्रस दिवस विविध कार्यक्रममार्फत मनाइँदैछ। प्राकृतिक प्रकोप, युद्ध, महामारी, स्वास्थ्य संकट लगायतका विपत्तिमा अग्रपङ्क्तिमा रहेर सेवामा खटिने रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूको योगदानको सम्मानमा यो दिवस हरेक वर्ष मे ८ तारिखमा मनाइन्छ।
यो दिन रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्ती पनि हो ।
१८२८ मे ८ मा जन्मिएका ड्युनाले सन् १८६३ मा रेडक्रसको अन्तरराष्ट्रिय समिति (ICRC) स्थापना गरेपछि उनले युद्धग्रस्त क्षेत्रहरूमा मानवीय सेवा विस्तारको ऐतिहासिक कार्य प्रारम्भ गरेका थिए। उनी शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति समेत हुन् ।
आजको दिन रेडक्रस तथा रेडक्रिसेन्ट संस्थाहरूले मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, सेवा, एकता र विश्वव्यापकता भन्ने सात सिद्धान्तको स्मरण गर्दै विश्वभर जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।
नेपाल रेडक्रस समाजसहित विश्वका अन्य १९० भन्दा बढी मुलुकहरूमा रेडक्रस संगठनले युद्ध, विपद्, महामारी तथा आपत्कालीन अवस्थामा राहत, स्वास्थ्य सेवा, रक्तदान तथा विभिन्न सामाजिक सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस