२०८२ बैशाख १७, बुधबार
24 खबर अपडेट

ग्यास विक्रेता संघद्धारा परासीमा अन्तरक्रिया, सहज उपलब्धता र सचेतनामा जोड

२०८२ बैशाख १७, बुधबार प्रकाशित ( घण्टा अघि) १०५ पाठक संख्या

परासी, १७ वैशाख । ग्यास विक्रेता संघ पश्चिम नवलपरासीको आयोजनामा सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्यास विक्रेता महासंघ लुम्बिनी प्रदेश समिति, जिल्ला समिति र सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा सहभागि व्यवसायीहरुले आरती ग्यासको अभावका कारण उपभोक्तालाई सहज रुपमा ग्यास सिलिण्डर उपलब्ध गराउन समस्या भइरहेको बताएका थिए । यस्तै सरोकारवालहरुले उपभोक्तालाई सहज रुपमा ग्यास उपलब्धता गराउनुपर्ने र ग्यासको सुरक्षित प्रयोगको विषयमा सचेतना कार्यक्रमलाई व्यापाक बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव(रुदल)ले ग्यास विक्रेता र उद्योगीले भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न तयार रहेको तर बजारमा ग्यासको अभाव हुन नहुनेमा जोड दिनुभयो । उहाँले ग्यासको सहज आपूर्तिका लागि उद्योगी संवेदनशील बन्नुपर्ने बताउँदै व्यवसायीहरुले पनि मापदण्डलाई पालना गरी व्यवसाय गर्न आग्रह गर्नुभयो ।
ग्यास विक्रेता संघका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, ग्यास विक्रेता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ईन्द्रकुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य मोहन पौडेल, आरती ग्यास उद्योगका प्रबन्धक युवराज सेढाई,ग्यास विक्रेता संघका जिल्ला सचिव राजु न्यौपाने लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको ग्यास विक्रेता संघका जिल्ला उपाध्यक्ष सन्दिप अग्रहरीले जानकारी दिनुभयो ।
यसैबीच ग्यास विक्रेता महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक पनि मंगलबार परासीमा सम्पन्न भएको छ । प्रदेशका विभिन्न १० जिल्लाबाट आएका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठक अघि प्रदेश समिति तथा जिल्ला समितिमा आवद्ध व्यवसायीहरुले जिल्लाका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरु रामग्राम स्तूप र पाल्ही भगवती मन्दिरको भ्रमण अवलोकन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस