२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

गण्डकीका मुख्यमन्त्रीले आज ११ बजे विश्वासको मत लिनुहुने

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) ६८५ पाठक संख्या

कास्की, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मतका लिनु हुने भएको छ । आज ११ बजे पोखरा सभागृह (हालको संसद भवन) मा उहाँले विश्वासको मत लिने कार्यक्रम छ । गण्डकी प्रदेशमा अहिले ५९ सांसद छन् । उहाँलाइ विश्वासको मत जित्न ३० सांसद आवश्यक हुन्छ मुख्यमन्त्रीतर्फ अहिले ३१ सांसद छन् ।
शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनु भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत आज लिन लाग्नुभएको हो । मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरेको छ । गण्डकीमा ११ मन्त्रालय छ । अहिले पाँचजना मन्त्री मात्रै नियुक्त भएका हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस