२०८३ श्रावण ४, सोमबार
24 खबर अपडेट

नवलपरासी उद्योग वाणिज्य संघको नेतृत्वमा नगेन्द्र अग्रहरी निश्चित,अधिकांश पद निर्विरोध 

२०८३ श्रावण ३, आईतबार प्रकाशित ( घण्टा अघि) २०७ पाठक संख्या

 

परासी,३ साउन । नवलपरासी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा उद्योगी नगेन्द्र अग्रहरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको १६औँ अधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा युवा उद्योगी अग्रहरी अध्यक्ष पदमा एकल उम्मेदवार बनेपछि संघको नयाँ नेतृत्वमा उहाँको आगमन  निश्चित भएको हो।

निर्वाचन समितिबाट औपचारिक घोषणा हुन बाँकी रहे पनि मनोनयन दर्ताका क्रममा अध्यक्ष पदमा अग्रहरीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुने अवस्था बनेको हो।

निर्वाचन कार्यक्रमअनुसार आज सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि अग्रहरी निर्विरोध हुने निश्चित भएको हो। निर्वाचन समितिले भने दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न भएपछि मात्रै आधिकारिक घोषणा गर्ने जनाएको छ।

रामग्राम–५, परासी निवासी अग्रहरी संघभित्र लामो समयदेखि सक्रिय रहँदै आएका व्यवसायी हुनुहुन्छ ।

उहाँ वि.सं. २०६६ सालमा पहिलो पटक संघको कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसयता तीन कार्यकाल सदस्य, एक कार्यकाल वाणिज्य उपाध्यक्ष तथा एक कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएका अग्रहरी अहिले निवर्तमान वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

सामान्य हार्डवेयर व्यवसायबाट उद्यमशील यात्रा सुरु गर्नुभएका अग्रहरी आरती ग्यास उद्योगबाट उद्योग क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

त्यसपश्चात आरती एग्रो इण्डष्ट्रिज, आरती खाद्य उद्योग तथा बुद्ध सिड कम्पनीका सञ्चालकका रूपमा स्थापित उद्योगीका रूपमा परिचित हुनुहुन्छ ।

यसैबीच, संघको निर्वाचनबाट चयन हुने १९ सदस्यीय नयाँ कार्यसमितिका लागि खुला सदस्यबाहेक अधिकांश पदमा पनि एकल उम्मेदवारी परेकाले ती पदहरू समेत निर्विरोध हुने सम्भावना बलियो देखिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार भोलि उम्मेदवारविरुद्ध दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ। यदि त्यसपछि पनि सबै पदमा एकल उम्मेदवारी कायम रहेमा निर्वाचन समितिले भोलिनै सम्पूर्ण कार्यसमितिलाई निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा गर्ने तयारी गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता धन शर्मा जैसीले जानकारी दिनुभयो ।

हेर्नुहोस् उम्मेदवारको सूची 

1784461675804

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस