२०८३ श्रावण ९, शनिबार
24 खबर अपडेट

रामग्राममा भदौ ६ र ७ गते नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन हुँदै

२०८३ श्रावण ९, शनिबार प्रकाशित ( घण्टा अघि) ४३ पाठक संख्या

परासी, ९ साउन । नेपाल जेसीजको वार्षिक राष्ट्रिय कार्यक्रम अन्तर्गत आयोजना हुने क्षेत्र ‘घ’ सम्मेलन–२०२६ यस वर्ष पश्चिम नवलपरासीको रामग्राममा आगामी भदौ ६ र ७ गते हुने भएको छ।
नेपाल जेसीजको आयोजना र रामग्राम जेसीजको आतिथ्यमा सम्मेलन हुन लागेको हो ।
रामग्राम जेसीजको शनिबार बसेको बोर्ड बैठकले यही भदौ ६ र ७ गते रामग्राम परासीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको रामग्राम जेसीज वर्ष २०२६ का अध्यक्ष मुकेश नारायण लोनियाले जानकारी दिनुभयो ।
बैठकले सम्मेलनलाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गराउन शाखाका पूर्वअध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरीलाई सम्मेलन निर्देशकको जिम्मेवारी प्रदान गरेको छ।
सम्मेलनका सम्बन्धमा शुक्रबार शाखाका पूर्व अध्यक्षहरुसँग पनि छलफल गरिएको अध्यक्ष लोनियाले बताउनुभयो ।गत वर्ष महेन्द्रनगर जेसीजको आतिथ्यमा सम्पन्न क्षेत्र घ सम्मेलन २०२५ बाट यो वर्षको क्षेत्रीय सम्मेलनको आतिथ्य गर्न रामग्राम जेसीजलाई जिम्मेवारी दिइएको थियोे ।
नेपाल जेसीजको महत्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा रहने उक्त सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गत रहेका ५८ वटा जेसीज शाखाका अध्यक्ष, पदाधिकारी तथा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू लगायत देशका विभिन्न स्थानबाट जेसीजमा आबद्ध व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहने सम्मेलन निर्देशक अग्रहरीले बताउनुभयो । सम्मेलनले रामग्राम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नुको साथै आर्थिक चलायमानमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनले युवा नेतृत्व, व्यक्तित्व विकास तथा संगठनात्मक क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान र शाखाबीचको समन्वयलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। सन् २००० मा स्थापना भएको रामग्राम जेसीजको आतिथ्यमा यसअघि सन् २०१० मा पहिलोपटक नेपाल जेसीज क्षेत्र घ सम्मेलन सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस