२०८३ अषाढ २४, बुधबार
24 खबर अपडेट

२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

२०८३ अषाढ २४, बुधबार प्रकाशित ( घण्टा अघि) ६३ पाठक संख्या

 

परासी, २४ असार । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २० वर्ष कैद सजाय र दुई लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार नवलपरासी जिल्ला अदालतबाट मानव बेचबिखन मुद्दामा दोषी ठहर भई २० वर्ष कैद तथा दुई लाख रुपैयाँ जरिवानाको फैसला भए पनि लामो समयदेखि फरार रहेका सुस्ता गाउँपालिका–२ निवासी ५५ वर्षीय परशुराम गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

अदालतले वि.स.२०७५ जेठ ३१ गते गुप्तालाई उक्त सजाय तोकेको थियो । इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मंगलबार उनलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि बुधबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी थापाले बताउनुभयो ।

प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई तीव्रता दिएको जनाएको छ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस