२०८३ भाद्र ७, आईतबार
24 खबर अपडेट

रौतहटको बमनहर नहरमा २४ वर्षीय महिलाको शव फेला

२०८३ अषाढ २५, बिहिबार प्रकाशित ( महिना अघि) १८५ पाठक संख्या

गौर,२५ असार, रौतहट।  रौतहटको राजपुर नगरपालिका–३ स्थित बमनहर क्षेत्रमा रहेको नहरमा एक महिलाको शव फेला परेको छ।
डमारबाट फतुवा जाने सडकछेउको नहरमा आज बिहान पानीमा शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता बसन्त गौतमका अनुसार मृतक मुस्कान खातुन रहेको खुलेको छ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस