२०८२ बैशाख ३, बुधबार
24 खबर अपडेट

जिसस महासंघ लुम्बिनी प्रदेशको बैठक परासीमा सम्पन्न

२०८१ चैत्र २८, शुक्रबार प्रकाशित ( दिन अघि) १११ पाठक संख्या

परासी, २९ चैत । जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेश समितिको बैठक पश्चिम नवलपरासीको परासीमा सम्पन्न भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको कार्यालय परासीमा सम्पन्न बैठकमा प्रदेशका १२ जिल्लाका जिसस प्रमुख, उपप्रमुख तथा सदस्यहरुको सहभागिता थियो ।
बैठकलाई सम्बोधन गर्दै जिसस महासंघका प्रदेश अध्यक्ष द्रोण बहादुर खत्रीले जिससलाई जिल्ला भित्रका सबै कार्यालयहरुको सूचना केन्द्रका रुपमा विकास गर्नुपर्ने माग गर्नुभयो । जिससको औचित्य माथि प्रश्न उठिरहेको बेला महासंघले भने जिससको भूमिकालाई बढाउनुपर्नेमा जोड दिएको हो ।
महत्व र भूमिकाका विषयमा प्रष्ट बुझाइ नहुँदा समस्या रहेको अध्यक्ष खत्रीको भनाई थियो । जिसस विकासे अड्डा नभएकोले स्थानीय तह तथा जिल्लास्थित सबै सरकारी कार्यालयलाई समन्वय गर्ने, प्रदेश र संघका योजना अनुगमन गर्ने कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
बैठकमा सहभागि जिसस प्रमुखहरुले आआफ्नो जिल्लामा गरिएका असल अभ्यासहरु आदानप्रदान गर्नुभएको जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख एवं जिसस महासंघका केन्द्रीय सदस्य भगौती यादव(रुदल)ले जानकारी दिनुभयो ।
बैठकले प्रदेश सुशासन केन्द्रद्धारा आयोजना गरिने तालिममा जिल्ला समन्वय अधिकारी र जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशका सदस्यहरुलाई सहभागी गराउने निर्णय गरेको छ । प्रदेश सरकारले बनाउन लागेको ऐनमा जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेसले पठाएका सुझाबहरुलाई समावेश गर्न पहल गर्ने निर्णय गर्नुका साथै अन्य समसामयिक निर्णयहरु गरिएको महासंघले जनाएको छ ।
महासंघको टोलीले भगवान् गौतम बुद्धको अस्तिधातु रहेको स्थल रामग्राम स्तूपको भ्रमण पनि गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस