२०८३ बैशाख ६, आईतबार
24 खबर अपडेट

नवलपरासी टेलरिङ्ग व्यवसायी संघद्धारा शुभकामना आदानप्रदान तथा वनभोज

२०८१ चैत्र २९, शुक्रबार प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

परासी,२९ चैत । नवलपरासी टेलरिङ्ग व्यवसायी संघले शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम गरेको छ । संघले नववर्ष २०८२ को अवसरमा विहीबार सुनवल–११ स्थित बाबा बर्दगोरिया धाममा शुभकामना आदानप्रदान एवं वनभोज गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुँवरले पुख्र्याैली पेशालाई व्यवसायिक बनाउँदै अघि बढ्न सिलाइ व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले समय सापेक्ष तालिमको माध्यमबाट आफ्नो सीपको विकास गर्न पनि जोड दिनुभयो ।
संघका जिल्ला अध्यक्ष राजु देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, समाजसेवी ज्योति ढकाल, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव,संघका सचिव लालबहादुर सहानी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस