२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

वडा केन्द्रित तीन महिने ‘जरा अभियान’ सञ्चालन गर्दै नवलपरासी एमाले

२०८१ फागुन ४, आईतबार प्रकाशित ( हफ्ता अघि) १६५ पाठक संख्या

परासी, ४ फागुन । टोलटोलमा संगठन विस्तार गर्दै एमालेलाई पहिलो शक्ति बनाउने उद्घोषका साथ नेकपा एमाले पश्चिम नवलपरासीले तीन महिने वडा केन्द्रित जरा अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रिय कमिटीको निर्देशन अनुसार शनिबार परासीमा सम्पन्न एमाले नवलपरासीे जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीले अघि सारेको मिसन ८४ अभियानलाई सफल बनाउँदै एमालेलाई पहिलो शक्ति बनाउने गरि अभियान सञ्चालन गर्न लागिएको एमाले नवलपरासीका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियान अन्र्तगत सदस्यता नवीकरण र विस्तार,टोलटोलमा कमिटी निर्माण,जनसंगठनको सदस्यता विस्तार,घर फर्क तथा पार्टी प्रवेश लगायत संगठन सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकता दिईनेछ ।
यस्तै सामाजिक सञ्जाल मार्फत पार्टीको पक्षमा प्रचार गर्ने,एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्ने,सबै कमिटी र जनप्रतिनिधिहरुले प्रचार डेस्क स्थापना गर्ने, वार्षिक कार्यक्रम बनाएर कार्यान्वयन गर्ने,जनताको घरआँगनसम्मै पुगेर सुझाव तथा गुनासा संकलन गर्ने,प्रशिक्षण,भेला अधिवेशनहरु सम्पन्न गर्ने तथा आगामी चुनावमा एमालेको एकल बहुमत ल्याउन राजनीतिक धु्रवीकरण अभियान चलाउने लगायतका कार्यहरु पनि अभियानको क्रममा सञ्चालन हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै एमालेकी केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालले पार्टीले सञ्चालन गर्न लागेको अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले संगठनलाई बलियो बनाउँदै जनताका सुझाव र गुनासोहरु सम्बोधन गर्दै पार्टीलाई पहिलो शक्ति बनाउने गरि अघि बढ्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सरिता खनाल,केन्द्रिय सदस्य बिमला अर्याल, स्कुल विभागका केन्द्रिय सदस्य बद्री खनाल,जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, सचिव धीरज शर्मा बस्याल, उपसचिव रिंगला यादव लगायतले पार्टीको योजना र भावी रणनीतिका विषयमा प्रकाश पार्नुभएको एमाले जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस