२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाको १२ औँ साधारणसभा सम्पन्न

२०८१ फागुन २, शुक्रबार प्रकाशित ( हफ्ता अघि) १५८ पाठक संख्या

परासी, २ फागुन । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाको १२ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । रामग्राम–६ पोखरापालीमा सम्पन्न साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभालाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले मानवीय सेवामा सक्रिय संस्था रेडक्रसलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगर भित्र रहेका सामाजिक संघ संस्थालाई नगरपालिकाले प्रोत्साहन गर्दै आएको जिकिर पनि बताउनुभयो ।
जिल्लामा सेतो रगत बनाउने उपकरणको अभावलाई मध्यनजर गर्दै परासी उपशाखा मार्फत उपकरण खरिद गर्न नगरपालिकाले यस वर्ष रु ४ लाख बजेट विनियोजन गरेको जानकारी गराउँदै नगर प्रमुख यादवले रेडक्रसको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख सम्झना चौधरीले रेडक्रस र नगरपालिकाबीच सहकार्य हुँदै आएको बताउनुभयो । उहाँले परासी उपशाखाले पछिल्लो समय विभिन्न रचनात्मक कार्यक्रमहरु अब्बल शाखाको रुपमा स्थापित हुँदै गएको बताउँदै रक्तदानका लागि आम नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरीले विगत एक वर्षको अवधिमा आफूले नेतृत्व गरेपछि परासी उपशाखाले विभिन्न महत्वपूर्ण रचनात्मक कामहरु गरिरहेको बताउनुभयो । उहाँले मानवीय सेवाको काममा परासी उपशाखा निरन्तर सक्रिय रहँदै आएको बताउँदै रेडक्रसको अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदरअलि मोमिन, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार,रामग्राम नगरपालिकाकी पूर्वउपमेयर रम्भा कुँवर, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,पाल्ही बहुमुखी क्याम्पसका अध्यक्ष राधेश्याम पाठक, रेडक्रस परासी उपशाखाकी पूर्व सभापति आरधना भट्ट,पत्रकार महासंघका पूर्वसभापति टिकाराम गैरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभामा सचिव बसन्त पराजुलीले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । परासी उपशाखामा हाल त यशस्कर सदस्य एक जना,विशिष्ट सदस्य ११ जना तथा आजीवन सदस्य २९१ जना रहेको उपसभापति सीता कुँवरले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस