२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

रामग्राममा जेसीजका शाखा पदाधिकारीलाई तालिम

२०८१ माघ २६, शनिबार प्रकाशित ( हफ्ता अघि) १९९ पाठक संख्या

परासी, २६ माघ । जेसीजका पदाधिकारीका लागि एक दिने तालिम आज परासीमा सम्पन्न भएको छ । रामग्राम जेसीज र रामग्राम महिला जेसीजको संयुक्त आयोजनामा शाखा पदाधिकारी तालिम सम्पन्न भएको हो ।
शाखामा निर्वाचित पदाधिकारीहरुलाई आफ्नो पदीय दायित्व र जिम्मेवारी बोध गराउन तालिम आयोजना गरिएको रामग्राम जेसीज वर्ष २०२५ का अध्यक्ष विष्णुराज रावले जानकारी दिनुभयो । जेसीजले तालिमको माध्यमबाट असल र सक्षम नेतृत्व उत्पादन गर्ने बताउँदै अध्यक्ष रावले आगामी दिनमा पनि सदस्यहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।
तालिममा प्रशिक्षक दिनेश खड्काले जेसीजको परिचय, ईतिहास एवं पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै जेसीजले उपलब्ध गराउने अवसरहरुको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले नेतृत्व, व्यक्तित्व विकास र उद्यमशीलता विकासमा जेसीजको विशेष योगदान रहने बताउँदै आफ्नो व्यक्तिगत क्षमता अभिवृद्धिका लागि जेसीजले आयोजना गर्ने प्रशिक्षणका कार्यक्रमहरुमा सक्रिय सहभागिता बढाउन पनि जोड दिनुभयो ।
उक्त अवसरमा रामग्राम महिला जेसीज वर्ष २०२५ की अध्यक्ष प्रिती कुमारी अग्रहरी, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष मोहन पौडेल, पूर्व अध्यक्ष बेनीमाधव बस्याल,प्रशिक्षक दिनेश खड्का, प्रशिक्षार्थीहरु जगदीश कोँहार र विमला अधिकारी एवं रामग्राम जेसीजका कार्यकारी उपाध्यक्ष उमेश कोँहार लगायलते शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीज वर्ष २०२५ का महासचिव पुरुषोत्तम तिवारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस