२०८३ कार्तिक १३, बिहिबार
24 खबर अपडेट

सालबासमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

२०८१ माघ १८, शुक्रबार प्रकाशित (१ साल अघि) ५३२ पाठक संख्या

मोहन पौडेल
परासी, १८ माघ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको सरावल–१ सालबासमा आज साँझ मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अमहवाका २८ वर्षीय कमल परियार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भीर घाईते परियारको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा राति नै निधन भएको डिएसपी बोहराले बताउनुभयो । मोटरसाईकल चालक नुवाकोट जिल्ला लिखु–३ का २९ वर्षीय गोपाल लोहनी गम्भीर घाईते छन् । उनको पनि सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आज साँझ पौने सात बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं.३–०२–००६ प ९८३६ नम्बरको मोटरसाईकल सालबासमा आफै अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाईडरमा ठोक्किँदा उक्त दुर्घटना भएको डिएसपी बोहराले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


↑