२०८१ माघ १७, बिहिबार
24 खबर अपडेट

लोकदोहोरी गायक क्षेत्रीमाथि रुपन्देहीमा अभद्र व्यवहार

२०८१ माघ १५, मंगलबार प्रकाशित ( दिन अघि) ९६७ पाठक संख्या

परासी, १५ माघ । लोकदोहोरी गायक एवं सर्जक भरत क्षेत्रीमाथि रुपन्देहीमा अभद्र व्यवहार गरिएको छ । गृहजिल्ला नवलपरासीबाट बुटवल जाने क्रममा गायक क्षेत्री सवार गाडीलाई रोकी रुपन्देहीको खैरेनीमा अपरिचित समूहले अभद्र व्यवहार गरेको हो ।
गाडीमा सवार रहेकै बेला बा २१ च ४४२३ नम्बरको गाडीमा आएका दुई जनाको समूहमा आएका मानिसहरुले गाडी रोक्न लगाई चाबी खोसेर अपहरणको शैलिमा दुव्र्यहार गरेको गायक क्षेत्रीले बताउनुभयो । “म र श्रीमतीसहित हामी बुटवल जाँदै थियौँ,खैरेनीबाट थोरै भित्र पुगेपछि हाम्रो अगाडि गाडी तेस्राएर रोक्न लगाई चाबी खोसे, हिमालयन बैँकमा तेरो गाडी छ तैँले ऋण तिरेको छैन्स भन्दै मलाई गाडिसहित अपहरण गर्न थालेपछि प्रतिकार गरियो”
आफू हिमालयन बैंकको ऋणी नभएको गायक क्षेत्रीको भनाई छ । हिमालयन बैंकको नाममा आफूमाथि गुण्डागर्दी शैलीमा आक्रमणको प्रयास गरिएको भन्दै उहाँले दोषि माथि कारवाहीको माग गर्नुभएको छ । बैंकको परिचयपत्र माग्दा उनीहरुले देखाउन नसकेको उहाँले बताउनुभयो । गायक क्षेत्रीमाथि अभद्र व्यवहार भएपछि स्थानीयको सहयोगमा घटनामा संलग्न दुवै जनालाई खैरहनीमा बुझाईएको छ ।
अभद्र व्यवहार गर्ने सन्दिप लामासहितका दुई जना प्रहरी नियन्त्रणमा रहेको प्रहरी चौकी खैरेनीका प्रमुख एक्का बहादुर नेपालीले जानकारी दिनुभयो । दुई वर्ष अघि नै प्रभु बैंकको नाममा ट्रान्सफर भईसकेको ऋणीको विवरण हिमालयन बैंकले अध्वाधिक नगर्दा हिमालयन बैंकको कमजोरीका कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । अभद्र व्यवहार गर्ने दुवै जना बैंकका कर्मचारी भने नभएको प्रहरीको भनाई छ । दुवै पक्षलाई छलफलका लागि बोलाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%६%७%

प्रतिक्रिया दिनुहोस