२०८१ पौष ७, आईतबार
24 खबर अपडेट

महिला उद्यमीलाई आर्थिक सहयोग प्रदान

२०८१ मंसिर २१, शुक्रबार प्रकाशित ( हफ्ता अघि) ८४ पाठक संख्या

दुम्किबास, २१ मंसिर ।  विनयी त्रिवेणी गाउँपालिका वडा नं.१, दुम्किबास, नवलपुरासी पूर्वमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अन्र्तराष्ट्रिय अभियानको अवसरमा शुक्रबार अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विनयी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष रेखा अधिकारिको अध्यक्षता र विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष बैदवारले लैङ्गिक हिंसा अन्त्यका लागि सशक्तिकरण आवश्यक रहेको बताउदै सशक्तिकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोडदिनुभयो ।
विनयी त्रिवेणी गाउपालिका वडा नं.२ का अध्यक्ष पुष्पा आलेले हिंसा पिडित महिला, पुरुष र अन्यले हिंसाबारे जानकारी प्राप्त गरि हिंसा विरुद्ध आवाज नउठाएसम्म न्याय प्राप्त गर्न नसकिने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख प्रहरी निरिक्षक राजन प्रसाद तिमिल्सीनाले हिंसा विरुद्ध उजुरी गर्नेको संख्या न्यून रहेको बताउदै उजुरी गरेकाहरुले न्याय पाउनेमा विश्वस्त हुन अनुरोध गर्नुभयो ।
संस्थाका अध्यक्ष अधिकारीले लैङ्गिक हिंसा अन्त्यका लागि वर्षभरि नै अभियान सञ्चालन गर्न आवश्यक रहेको दाबी गर्दै हिंसा पिडित, पिडक र सरोकारवालाहरुलाई अभियानमा सहभागी बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा लैङ्गिक हिंसा, यसको कारण र असर, कानुनी व्यवस्था, लागु औषधका विषयमा शान्ति बि.क.र राजन प्रसाद तिमिल्सीनाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका ५ जना सदस्य (उद्यमी महिला) लाई उद्यम विस्तारमा सहयोग पु¥याउने उद्देश्यले जनही ५ हजार रुपैयाका दरले आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।
जसमा  विष्णु बि.क., तिल कुमारी कुमाल, गिता राना, जमुना बुढाथोकी, मनमाया थापा रहनुभएको छ ।
संस्थाका उपाध्यक्ष शारदा भण्डारी खनालको स्वागत र सचिव लक्ष्मी पुलामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस