२०८१ मंसिर १९, बुधबार
24 खबर अपडेट

अनेम संघको तेस्रो पालिका सम्मेलन सम्पन्न

२०८१ मंसिर १५, शनिबार प्रकाशित ( दिन अघि) १३३ पाठक संख्या

 

दुम्किबास, १५ मंसिर । अखिल नेपाल महिला (अनेम) संघ विनयी त्रिवेणी गाउँपालिका नवलपुरको तेस्रो पालिका सम्मेलन शुक्रबार दुम्किबासमा सम्पन्न भएको छ । संघका गाउँपालिका अध्यक्ष लक्ष्मि पुलामिको अध्यक्षता र केन्द्रिय सदस्य सिता पंगेनीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा वडा नं.१ देखि ७ सम्मका ७० जना प्रतिनिधिको सहभागीता रहेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पंगेनीले संगठन विस्तारमा संघको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले महिला विरुद्ध हुने हिंसा न्युनिकरण र महिला सशक्तिकरणका लागि संघले काम गरिरहेको जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) एमालेका केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज तिलक महतले महिला अधिकार स्थापित गर्न पार्टिको भुमिका महत्वपुर्ण रहेको दाबी गर्नुभयो ।

सक्षम महिलालाई पुरुष सरह अवसर प्रदान गरिएको र त्यसलाई महिलाले प्रमाणित गरेर पनि देखाएको उहाँले बताउनु भयो । एमाले प्रदेश कमिटि सदस्य कृष्ण बि.क.ले महिला माथि हुने हिंसा न्युनिकरणका लागि सक्रियपुर्वक काम गर्न संघलाई आग्रह गर्नुभयो । प्रदेश सांसद लक्ष्मण पाण्डेले महिला विकास र महिला अधिकार सुनिश्चितताका लागि संघको भुमिका सशक्त रहेको जिकिर गर्नुभयो । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरिले पालिका भित्रका महिलाको सशक्तिकरणका लागि अनेम संघले महत्वपुर्ण काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सम्मेलनमा एमाले केन्द्रिय सदस्य कृष्ण पौडेल, अनेम संघ प्रदेश कमिटि उपाध्यक्ष पार्वता तिवारी, सदस्य सिता खड्का, नवलपुर अध्यक्ष कोपिला पौडेल, मुक्ति समाज विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष सिता गहतराज लगायतले शुभकामना मन्त्व्य व्यक्त गर्नुभयो । संघका विनयी त्रिवेणी गाउँपालिका इन्चार्ज भगवति बैदावरको स्वागत र नन्दा कुमारी गुरुङ्गको सञ्चालनमा सम्मेलन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस