२०८१ मंसिर १३, बिहिबार
24 खबर अपडेट

सिटिजन्स बैंक परासी शाखाद्धारा पाल्ही क्याम्पसका विद्यार्थीलाई वित्तीय साक्षरता

२०८१ मंसिर १३, बिहिबार प्रकाशित ( घण्टा अघि) १०३ पाठक संख्या

परासी, १३ मंसिर । पश्चिम नवलपरासीको रामग्राम–४ स्थित पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा सिटिजन्स बैंक इन्टरनेसनल परासी शाखाले आज वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई वित्तीय साक्षरताको महत्व बुझाउँदै बैंकिङ्ग कारोबारमा पहुँच बढाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो ।
बैंककी परासी शाखा प्रमुख मीना पाण्डेको अध्यक्षता तथा क्याम्पसका अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुका साथै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत सहजीकरण गरिएको सिटिजन्स बैंक परासी शाखाकी प्रमुख पाण्डेले बताउनुभयो ।
कार्यक्रममा परासी शाखा प्रमुख पाण्डेले वित्तीय साक्षरताबारे प्रकाश पार्दै कसरी आयआर्जन गर्ने र त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने सुनवल शाखा प्रमुख अर्जुन थापाले शेयर बजार, डिम्याट खाता, आईपियो लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
यसैगरी नगद कारोबार, लेनदेन तथा बिप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्नसमेत आग्रह विद्यार्थीलाई गरिएको थियो । यस कार्यक्रमको माध्यमबाट बैंकिङ प्रणाली मजबुत हुनुका साथै विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने बैंककी परासी शाखा प्रमुख पाण्डेले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख दीपक अर्याल तथा अन्य शिक्षकहरुसहित करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको बैंकका केशव भट्टराइले जानकारी दिनुभयो ।
काठमाडौँमा केन्द्रिय कार्यालय रहेको यस बैंकले देशभर १९७ शाखा र १६२ वटा एटिएम सेवाबाट आफ्नो कारोबार गरिरहेको छ । बैंकले आफ्नो सवै परिसुचक राम्रो बनाउँदै जनताको मन जित्न सफल रहेको बैंकको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस