२०८१ मंसिर ७, शुक्रबार
24 खबर अपडेट

सामुदायिक वनमाथिको तेहोरो करलाई एकद्वार बनाउन पहल गर्छु : मन्त्री कलवार

२०८१ मंसिर ७, शुक्रबार प्रकाशित ( घण्टा अघि) ७२ पाठक संख्या

 

परासी,७ मंसिर । लुम्बिनी प्रदेशका बन तथा बाताबरणमन्त्री देवकरण प्रसाद कलवार (सन्तु)ले सामुदायिक बनहरुले तिर्ने कर प्रणालीलाई एकिकृत बनाईनुपर्ने बताउनुभएको छ ।
गृह जिल्ला पश्चिम नवलपरासीस्थित आफ्नै निवासमा शुक्रबार बिहान आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री कलवारले उक्त कुरा बताउनुभएको हो ।
पछिल्लो समय तीनै तहका सरकारले सामुदायिक बनबाट कर लिईरहेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) आन्दोलित हुँदै आएको छ ।
सोही विषयलाई संकेत गर्दै मन्त्री कलवारले वनको कर एकद्वार प्रणालीबाट लिनुपर्नेमा जोड दिँदै वनलाई कृषिसँग जोडेर लैजानुपर्ने समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “स्थानीय तह ,प्रदेश र संघ सरकारलाई वन उपभोक्ता समूहहरुले कर बुझाउने अवस्था देखिएको छ,यसलाई एकद्वार प्रणालीमा लैजानुपर्छ,यसका लागि मेरो सक्दो पहल हुनेछ।”

सामुदायिक वनहरुमा अहिले करोडौका काठहरु कुहिने अवस्थामा रहेकाले यसलाई तत्कालै लिलामी प्रक्रियामा लैजाने गरी प्रदेश सरकार अघि बढ्न लागेको मन्त्री कलवारले बताउनुभयो ।काठ लिलामीमा ठुला ठेकेदारकै बर्चश्व हुने भन्दै उहाँले आम उभोक्तालाई पनि सहज रुपमा काठ उपलब्ध गराईनुपर्नेमा जोड दिनुभयो ।
“काठ लिलामीमा सामान्य उपभोक्ताको पहुँच नै छैन्, त्यसैले अब लिलामी गरिँदा मात्रै होईन अन्य समयमा समेत आवस्यक परेका बेला उपभोक्ता वा आम सर्वसाधारणका लागि काठ दाउरा सहजै रुपमा उपलब्ध हुनुपर्छ”मन्त्री कलाकारले भन्नुभयो ।

पछिल्लो समय जलबायु परिवर्तनको व्यापक असर देखिन थालेको भन्दै मन्त्री कलवारले वन क्षेत्रमा रहेका खाली जमिनहरुको तारबार गरी बृहत् बृक्षारोपणको योजनालाई अघि सारिने उल्लेख गर्दै बन क्षेत्रमा देखिएका समस्याहरूको समाधान तर्फ प्रदेश सरकार उन्मुख रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस