२०८१ कार्तिक २९, बिहिबार
24 खबर अपडेट

परासीमा बजार अनुगमनलाई निरन्तरता

२०८१ कार्तिक २१, बुधबार प्रकाशित ( हफ्ता अघि) १७४ पाठक संख्या

परासी, २१ कात्तिक । चाडपर्वलाई लक्षित गर्दै पश्चिम नवलपरासीमा बजार अनुगमनलाई निरन्तरता दिईएको छ । चाडपर्वको समयमा हुने महंगी, कृत्रिम अभाव, कालोबजारी, मिसावट लगायतका कारण उपभोक्ता ठगिमा पर्न सक्ने भन्दै बुधबार सदरमुकाम परासीस्थित रामग्राम–१२ कशियामा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरिएको हो ।
संयुक्त जिल्ला बजार अनुगमन समितिले कशियास्थित रामग्राम नगरपालिकाको कार्यालय परिसरका सटरमा सञ्चालनमा रहेका खाद्यन्न, होटल,बिउबिजन,मोवाईल,सैलुन लगायतका १७ वटा पसलमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

B2

घरेलुसहित रामग्राम नगरपालिका,उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार महासंघ लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त अनुगमनको क्रममा अधिकांश पसलहरु नवीकरण नभएको तथा मूल्यसूची नभएको पाईएको पौडेलले बताउनुभयो ।नगरपालिका कार्यालयकै परिसरमा सञ्चालित पसलहरुले नवीकरणमा लापरवाही गरेको पाइएको छ ।
सैलुनसहित केही पसलहरु विना दर्ता समेत सञ्चालनमा रहेको पाईएपछि अनुगमन टोलीले तत्काल दर्ता गर्न निर्देशन दिएको छ । होटलहरुमा सरसफाइको कमी एवं मिष्ठान पसलमा झिंगा भन्केका तथा ढुसी लागेका मिठाईहरु विक्री वितरण भईरहेको पाईएको थियो ।

B3

चाडपर्वको समयमा उपभोक्ता ठगिमा नपरुन भनेर सचेनामूलक अनुगमन गरि कैफियत भेटिएकाहरुलाई तत्काल सुधार गर्न निर्देशन गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

B4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस