२०८१ कार्तिक ६, मंगलबार
24 खबर अपडेट

३० औँ राष्ट्रिय कण्डम दिवस : परासीमा सचेतनामूलक कार्यक्रम

२०८१ कार्तिक ३, शनिबार प्रकाशित ( दिन अघि) १५२ पाठक संख्या

परासी, ३ कात्तिक । ३० औँ राष्ट्रिय कण्डम दिवसको अवसरमा आज पश्चिम नवलपरासीमा सचेतनामूलक कार्यक्रम गरिएको छ।
यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थाले संयुक्त रुपमा आज सदरमुकाम परासीस्थित बुद्धचोकमा सचेतनामूलक कार्यक्रम गरि कण्डम दिवस मनाएका हुन् ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, पृथ्वीचन्द्र अस्पताल परासी,किड्स कपिलवस्तु, सशक्तीकरण नेपाल परासी, नेपाल परिवार नियोजन संघ परासी, सहभागि, आस्था समूह लगायतका संघसंस्थाको सहकार्यमा कण्डम दिवस मनाईएको हो ।
सुरक्षित यौन सम्पर्क र त्यसमा कण्डमको भूमिकाबारे सचेतना फैलाउन कण्डम दिवस मनाईएको हो । उक्त अवसरमा एचआईभी एड्स,यौन रोग तथा अनिच्छिद गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने,कण्डमको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा सचेतना जगाईएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
यौनरोगको संक्रमणबाट बच्न बचाउन तथा जन्मान्तर र परिवारको आकारलाई सीमित गर्नका लागि कण्डमको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने र कण्डममा सबै वर्ग र समुदायको सहज पहुँच बढाउनुपर्ने आवश्यकता रहेको सशक्तीकरण नेपालकी कार्यक्रम संयोजक पुष्पा लामाले बताउनुभयो । कण्डमप्रतिको नकारात्मक धारणा हटाएर कण्डमको महत्वबारे आम सर्वसाधरणलाई बुझाउन सचेतना फैलाईएको उहाँले बताउनुभयो ।
बुद्धचोक वरपरका विभिन्न पसल व्यवसायीहरु, चालक तथा सहचालक एवं सर्वसाधारणलाई पर्चा पम्पलेट एवं कण्डम वितरण गरि यसको महत्व, सही प्रयोग र सावधानीका विषयमा सचेतना फैलाईएको सहभागि संस्थाकी सुपरभाईजर विनिता खड्काले बताउनुभयो ।

2 3 4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस