२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

मुस्लिम समुदायकी पालिका उपाध्यक्ष अन्सारीको निधारमा दशैँको टीका र जमरा

२०८१ आश्विन २६, शनिबार प्रकाशित ( दिन अघि) २७७ पाठक संख्या

परासी, २६ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारी(सकिना) मुस्लिम समुदायको प्रतिनिधित्व गर्नुहुन्छ । सकिना मुस्लिम भएपनि मुस्लिम समुदायले मनाउने पर्वहरुसँगै हिन्दुका हरेक चाडपर्वमा पनि रमाउनुहुन्छ ।
जनप्रतिनिधि निर्वाचित हुनुअघि शिक्षण पेशामा संलग्न हुँदादेखि नै हिन्दुहरुले मनाउने दशैँको टीका ग्रहण गर्नुका साथै होली,रक्षाबन्धन जस्ता चाडपर्वहरु मनाउँदै आउनुभएकी उपाध्यक्ष सकिनाले एक आपसका परम्परा र संस्कृतिमा रमाउन सक्नुपर्ने बताउनुहुन्छ । यसवर्ष पनि उहाँले मान्यजनको हातबाट दशैँ टीका ग्रहण गर्नुभयो ।
पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल लगायतका मान्यजनबाट टीका। जमरा र आशीर्वाद ग्रहण गरेको उहाँले बताउनुभयो ।

Sa0

मिश्रित समुदाय र धर्मावलम्बीहरु बसोबास रहेको पाल्हीनन्दनमा सबैको धर्मको सम्मान र आपसी सद्भावका लागि आफूले विगत देखि नै हिन्दुसँगै चाडपर्व मनाउँदै आएको उहाँले बताउनुभयो ।
मुस्लिम समुदायका पर्वहरुमा पनि हिन्दुलाई बोलाएर मनाउने र हिन्दुका पर्वहरुमा पनि आफू सहभागि भएर रमाउने गरेको सकिनाको भनाई छ । टीका लगाउँदैमा मुस्लिम हिन्दु नबन्ने भन्दै यसले आपसी सम्मान र भाईचाराको सम्बन्धलाई थप मजबुत बनाउने उहाँको विश्वास छ ।

Sa2

 

Sa3

 

Sa4

 

Sa5

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस