२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

कृषकको आयआर्जन वृद्धि गर्न पाल्हीनन्दन गाउँपालिकाद्धारा निःशुल्क बाख्रा वितरण

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) १२२८ पाठक संख्या

परासी, २८ जेठ । विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले निःशुल्क बाख्रा वितरण गरेको छ । पाल्हीनन्दन–४ स्थित पाल्ही टोलका १६ जना कृषकहरुलाई आज उन्नत जातको बाख्रा वितरण गरिएको हो ।
प्रत्येक कृषकलाई एउटाको दरले आज गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले बाख्रा वितरण गर्नुभएको हो । यसरी दिईएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष गुप्ताले बाख्रापालन सजिलो पेशा भएको भन्दै राम्रो आयआर्जन गरी उदाहरणीय बन्न किसानलाई आग्रह गर्नुभयो ।
व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । कृषकको अधिकतम हितमा गाउँपालिकाले प्राथमिकता दिदैँ आएको उहाँको भनाई थियो । गाउँपालिकाबाट बाख्रा उपहार पाएपछि कृषकहरु पनि खुशी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस