२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नेपाली उत्पादनको निर्यात बढाउन महासंघले सहजीकरण गरिरहेको छ : उपाध्यक्ष वैद्य

२०८१ भाद्र ३०, आईतबार प्रकाशित ( दिन अघि) १५३ पाठक संख्या

मोहन पौडेल
परासी, ३० भदौ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन पहल भईरहेको बताउनुभएको छ । विभिन्न प्रक्रियागत झण्झटका कारण उद्योगी व्यवसायीहरु पलायन हुन थालेको बताउँदै उहाँले नेपालमा उत्पादिन वस्तुलाई भारत तथा तेस्रो मुलुकमा निर्यात बढाउन महासंघ लागिरहेको बताउनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघले आज परासीमा गरेको अन्र्तक्रियामा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष(जिल्ला,नगर) वैद्यले सरकारका उच्च पदाधिकारीहरुसँग उद्योगपतिहरुको अन्तरक्रिया गरि निर्यात प्रवद्र्धनमा देखिएका समस्या समाधानका लागि महासंघले देशव्यापी कार्यक्रम लैजाने तयारी गरेको जानकारी दिनुभयो । उद्योगी व्यवसायीका समस्या समाधान गर्न महासंघ प्रतिबद्ध भएर लागिरहेको उहाँको भनाई थियो ।
नेपालमा उद्योग व्यवसाय धरासायी बन्दै जानु र युवाहरु विदेश पलायन हुँदै जानु चिन्ताको विषय रहेको भन्दै उपाध्यक्ष वैद्यले यस विषयमा सरकार गम्भीर भएर युवाहरुलाई उद्यमतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि युवाहरुलाई बीमाको माध्यमबाट कर्जा उपलब्ध गराउनुपर्ने उहाँले तर्क गर्नुभयो । सरकारले पुरातन हिसावले दिईरहेको अनुदानलाई परिवर्तन गर्नुपर्ने बताउँदै उपाध्यक्ष वैद्यले विदेशबाट फर्किएका युवाहरुलाई पुनः विदेश जान रोक्न विशेष अनुदानको व्यवस्थासहित रोजगारमूलक काममा लगाउनुपर्ने महासंघको अवधारणा रहेको उल्लेख गर्नुभयो ।
नेपालबाट निकासी हुने वस्तुको लागि जारी हुने उत्पतिको प्रमाणपत्र अनलाईनबाट गर्ने व्यवस्था गरिएकोमा उक्त प्रमाणपत्रमा छाप लागउन उद्योग वाणिज्य संघमै आउनुपर्ने बाध्यताले असहज भएको व्यवसायीको गुनासो सम्बोधन गर्न महासंघले नेपाल सरकार र भारत सरकारसँग पनि आवश्यक पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नगेन्द्र अग्रहरीले महेशपुर भन्सारको पूर्वाधार विकास,उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्य पूर्ण अनलाईन भएका कारण निकासीकर्तालाई असुविधा भएको, औद्योगिक करिडोर र सडक निर्माण लगायतका विषयमा आवश्यक सहजीकरण गरिदिन महासंघलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी, महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी,केन्द्रीय सदस्यहरु बेदप्रसाद श्रेष्ठ, तारा बहादुर कार्कीसहित विभिन्न उद्योग प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरुको सहभािगता थियो । सोही अवसरमा महासंघकी सहायक निर्देशक सीता घिमिरेले उत्पत्तिको प्रमाणपत्र जारीका लागि विकास भएको प्रणालीको बारेमा जानकारी गराउनुभएको थियो भने नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डेले उद्योगी व्यवसायीको हकहित संरक्षणमा उद्योग वाणिज्य संघले गरिरहेका पहलका विषयमा प्रकाश पार्नुभएको संघकी महासचिव तारा आचार्यले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस