२०८३ कार्तिक १५, शनिबार
24 खबर अपडेट

मोहम्मद जयन्तीमा राष्ट्रिय बिदा दिन नेपाल मुस्लिम ईत्तेहाद संगठन नवलपरासीको माग

२०८१ भाद्र ३०, आईतबार प्रकाशित (२ साल अघि) ५२७ पाठक संख्या

परासी। ईस्लाम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको जन्मोत्सवको अवसरमा सार्वजनिक विदा दिन माग गरिएको छ । नेपाल मुस्लिम ईत्तेहाद संगठन, जिल्ला कार्य समिति नवलपरासीले मोहम्मद जयन्तीको अवसरमा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेको हो ।
यही भाद्र ३१ गते ईस्लाम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव मनाईँदै छ । नेपाल मुस्लिम ईत्तेहाद संगठन पश्चिम नवलपरासीले एक विज्ञप्ति जारी गरि मोहम्मद जयन्तीको अवसरमा भोली भदौ ३१ गते राष्ट्रिय विदा घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । संगठनका जिल्ला अध्यक्ष रियाजुल हक अन्सारीद्धारा जारी विज्ञप्तिमा उक्त माग गरिएको थियो ।
मोहम्मदको जन्म ईस्लामी पात्रो हिजरी सम्बद्को रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा भएको पाईन्छ । उनको निधन ६३ वर्षको उमेरमा भएको थियो । नेपाल मुस्लिम ईत्तेहाद संगठन नवलपरासीले यस अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना पनि व्यक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑