२०८२ जेष्ठ २६, आईतबार
24 खबर अपडेट

स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठक्कर खाँदा चालक श्रेष्ठको ज्यान गयो

२०८१ श्रावण १७, बिहिबार प्रकाशित (0 महिना अघि) ४२३ पाठक संख्या

परासी,१७ साउन । पश्चिम नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । सुनवल–१ शान्तिटोलकी ४५ वर्षिया अम्बिका श्रेष्ठको आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनवल–३ कीर्तिपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा श्रेष्ठले चलाएको लु ८१ प् १४०८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडकमा रहेको डिभाईडर(सिमेन्टको)मा ठोक्किएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
दुर्घटनामा परि गम्भीर घाईते श्रेष्ठको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस