२०८३ बैशाख १७, बिहिबार
24 खबर अपडेट

मुस्लिम मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी परासीका बुद्धन अलीलाई

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित ( साल अघि) ५१८ पाठक संख्या

परासी,२३ जेठ । नेकपा माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बुद्धन अली चयन हुनुभएको छ। मोर्चाको प्रदेश राजधानी दाङमा सम्पन्न प्रथम बैठकले पश्चिम नवलपरासीका अलीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो ।
प्रदेश अध्यक्षको जिम्मेवारी पाउनुभएका बुद्धन अलीले प्रदेशका मुस्लिम समुदायको हकहितका लागि आवाज बुलन्द पार्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रप्रति आस्था राख्ने मुस्लिम समुदायलाई मोर्चामा आवद्ध गराउँदै संगठन विस्तारमा जोड दिने बताउनुभयो ।
५१ सदस्यीय मोर्चाको प्रदेश समिति उपाध्यक्षमा सब्बिर खाँ, सचिवमा फयज अहम्मद,कोषाध्यक्षमा बेगम मरियम, सहसचिवमा अमिरुल हसन रहनुभएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा पूर्व राज्यमन्त्री हकिकुल्लाह खाँ, पूर्व प्रदेश मन्त्री सुदर्शन बराल,मोर्चाका केन्द्रीय संयोजक मक्सुद अलि, प्रदेश ईन्चार्ज निर्दाेष अली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस