२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सरावल गाउँपालिकाका कृषकलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) ८७३ पाठक संख्या

मोहन पौडेल
परासी, २४ जेठ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायिकरण गराउने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषकहरुलाइ विभिन्न यन्त्र उपकरण वितरण गरेको छ ।
आज गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले कृषकहरुलाई कृषि उपकरण हस्तान्तरण गर्नुभएको हो । अनुदानमा कृषि उपकरण पाएपछि कृषकहरु खुशी भएका छन् ।
कृषकहरुलाई कम लागतमा बढी भन्दा बढी उत्पादन गर्न सहयोग गर्ने उद्देश्यले कृषि उपकरण वितरण गरिएको गाउँपालिका अध्यक्ष चौधरीले दैनिक 24 खबटर डटकमलाई जानकारी दिनुभयो । यसबाट उत्पादन र उत्पादकत्व वृद्धि भई कृषि उपजमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
परम्परागत र निर्वाहमुखि खेति प्रणालीले कृषिको विकास नहुने भएकोले कृषकहरुलाई आधुनिक र व्यवसायिक कृषिमा प्रोत्साहन गर्न कृषि उपकरण आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो ।
गाउँपालिकाको चालु आवको वार्षिक कार्यक्रम सिँचाई उपकरणमा पचास प्रतिशत अनुदान र प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगतको पचास प्रतिशत अनुदानमा आज गाउँपालिकाका कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदीप मिश्रले दैनिक 24 खबटर डटकमलाई जानकारी दिनुभयो ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अन्र्तगत २२ थान पम्पसेट र ४५ थान मोटर वितरण गर्ने योजना अनुसार आज पहिलो चरणमा ८ वटा पम्पसेट र २६ थान मोटर वितरण गरिएको र बाँकी केही दिनमा वितरण गरिने उहाँले बताउनुभयो । कोभिडका कारण सबै कृषकहरुलाई एकैपटक उपकरण वितरण गर्न नसकिएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत गाउँपालिकाका कृषक समूह र कृषकहरुलाई ३० थान मोटर र ५५ थान स्प्रे ट्यांकी, ५० थान मौरी घार र पचास थान क्यारेट वितरण गर्ने लक्ष्य अनुसार आज मोटर वितरण गरिएको उक्त कार्यक्रमकी सहजकर्ता अमृत्ता गैरेले जानकारी दिनुभयो ।
२२ वटा कृषक समूह र ३० वटा कृषि फर्म र कृषक यसबाट प्रत्यक्ष लाभावन्ति भएको गाउँपालिकाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस