२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका ११ उद्यमी सम्मानित

२०८० चैत्र २, शुक्रबार प्रकाशित ( महिना अघि) ८१० पाठक संख्या

मोहन पौडेल
परासी,२ चैत । पश्चिम नवलपरासीका ११ जना उद्यमी सम्मानित भएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले जिल्लाका उद्यमीलाई सम्मान गरेको हो ।
स्थानीय स्रोत साधनको प्रयोग गरि रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा सहयोग पुर्याएका उद्यमीलाई सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा दया दुना टपरी उद्योग बर्दघाट २ की उद्यमी दया दर्लामी, लक्ष्मी पटेर उद्योग बर्दघाट १५ की उद्यमी खेमकुमारी गुरौ थारु, दिदीबहिनी टपरी उद्योग सुनवल ३ की उद्यमी शान्ति पुन र दुर्गा बेल तथा फलफूल प्रशोधन उद्योग सुनवल ६ की उद्यमी टिका तिवारी रहनुभएको छ ।
यस्तै न्यू फेमस हस्तकला तालिम सेन्टर सरावल ३ की उद्यमी गरिमा कुमारी चौधरी, मनकामना कृषि फर्म बर्दघाट १३ का उद्यमी होमनाथ ज्ञवाली, सफल गाउँ कृषि फर्म रामग्राम १० का उद्यमी उमाशंकर चौधरी पनि सम्मानित हुनुभएको छ ।
प्रतापपुर गाउँपालिका २ स्थित टुईन्स गार्मेन्ट उद्योगका उद्यमी योगमाया गुरुङ,सिएम फर्टिलाइजर उद्योग रामग्राम १० का उद्यमी छोटेलाल अग्रहरी र हिट गार्मेन्ट उद्योग सरावल ३ की उद्यमी सरस्वती चौधरी पनि सोही अवसरमा सम्मानित हुनुभएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेल लगायतले दोसल्ला र प्रमाणपत्रले उद्यमीहरुलाई सम्मान गर्नुभएको कार्यालयका उद्यमी विकास सहजकर्ता मनोज चौधरीले बताउनुभयो ।
कार्यक्रममा सहभागि उद्यमीहरुले साना उद्योगमैत्री वातावरण र नीति नियम स्पष्ट नहुँदा उद्यम व्यवसाय फस्टाउन समस्या रहेको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस