२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रतापपुरका ३५५ जना महिलाको पाठेघर परिक्षण, ९६ जनामा समस्या देखिएपछि शल्यक्रिया गरिँदै

२०८० चैत्र २, शुक्रबार प्रकाशित ( महिना अघि) ४४२ पाठक संख्या

परासी, २ चैत । पश्चिम नवलपरासीस्थित इन्द्रेणी सामाजिक विकास मंच र प्रतापपुर गाउँपालिकाको सयुक्त आयोजनामा प्रजनन रुग्णता अर्थात पाठेघर खस्ने समस्या पहिचान सम्बन्धि २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चैत १ गते ठुलो खैरटवा स्वास्थ्य चौकी र चैत २ गते पिपरपाती आधारभुत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ठूलो खैरटवा स्वास्थ्य चौकीमा कुल १७४ जनाले सेवा लिएकोमा ३२ जनामा र पिपरपाती आधारभुत स्वास्थ्य केन्द्रमा १८१ जनाले सेवा लिएकोमा ६४ जनामा पाठेघर सम्बन्धि समस्या भै शल्यक्रिया गर्नु पर्ने समस्या पहिचान भएको बताईएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमार चौधरीले प्रतापपुर गाउँपालिकामा रहेका सम्पुर्ण महिला हरुमा रहेको पाठेघरको समस्या पहिचान गरि उपचार गर्नका लागि इन्द्रेणी सङ्ग मिलेर शिविर संचालन गरिएको र धेरै भन्दा धेरैले यो सेवा उपयोग गरि लाभान्वित हुन आग्रह गर्नुभयो ।
इन्द्रेणी सामाजिक विकास मंचले प्रतापपुर गाउँ पालिकामा स्वास्थ्यको सवालमा धेरै नै काम गरेर सकारात्मक परिवर्तनहरु देखा परेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो । परिक्षण पश्चात् सल्यक्रिया गर्नु पर्ने लाई इन्द्रेणी सामाजिक विकास मंचले समन्वय गरेर शल्यक्रिया गर्ने प्रतापपुर स्वास्थ्य साखा प्रमुख मन्तोश कुमार मुरावले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाट अनुगमन गरिएको थियो भने कार्यक्रम ठूलो खैरटवा स्वास्थ्य चौकीमा वडा अध्यक्ष जन्त्री वरइ र पिपरपाती आधारभुत स्वास्थ्य सेवा केन्द्रमा वडा अध्यक्ष सन्तोश राजभरको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस