२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासी मेलामा फागुन २३ का आकर्षण : चर्चित गायिका प्रितिआलेदेखि कुस्ती प्रतियोगितासम्म

२०८० फागुन २३, बुधबार प्रकाशित ( महिना अघि) ८५ पाठक संख्या

परासी, २३ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलामा आज फागुन २३ गते चर्चित दोहोरी गायिका प्रिति आले आउँदै हुनुहुन्छ । नेपाली सांगितिक क्षेत्रमा स्थापित गायिका आले विशेषगरी दोहोरी व्याटलाबाट चर्चित बन्नुभएको थियो । पछिल्लो समय उहाँ युवायुवतीको रोजाईमा पर्ने गायिका हुनुहुन्छ ।
गायनसँगै दर्जनौ भिडियोमा पनि अभिनय गर्नुभएकी गायिका आले लोकगायिका भएपनि पप गायिकाको प्रस्तुतीमा देखिने गर्नुहुन्छ । गायिका आलेको प्रस्तुतीसँगै विभिन्न डान्स ग्रुपका आकर्षक नृत्यहरु प्नि मेलाको आकर्षणको रुपमा रहने मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं सांस्कृतिक संयोजक राजेश गुप्तले जानकारी दिनुभयो ।
मेलामा नेपाल र भारतका कुस्तीबाजहरुको सहभागितामा कुस्ती प्रतियोगितामा पनि हुनेछ । दिउँसो एक बजेबाट कुस्ती प्रतियोगिता हुने आयोजकले जनाएको छ । फागुन १६ देखि शुरु भएको र्आद्योगिक व्यापार मेला फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस