२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

शिक्षकलाई खोपको व्यवस्था गर्न नेपाल राष्ट्रिय शिक्षक संगठन पश्चिम नवलपरासीको माग

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) ८७० पाठक संख्या

परासी, २१ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन पश्चिम नवलपरासीले विद्यालयका शिक्षक र कर्मचारीलाई कोभिड खोपको व्यवस्था गर्न माग गरेको छ । संगठनले आज गृहजिल्ला आउनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई ज्ञापन पत्र बुझाउँदै शिक्षकलाई खोपमा प्राथमिकता दिन माग गरेको हो ।
संगठनका जिल्ला अध्यक्ष भविश्वर चापागाईको हस्ताक्षर रहेको ज्ञापन पत्रमा शिक्षकलाई खोपको सुनिश्चितता गरी आगामी शैक्षिक शत्र सञ्चालनका लागि सहज बनाईदिन माग गरिएको छ । हजारौँ विद्यार्थीको प्रत्यक्ष अप्रत्यक्ष रुपमा अग्रपंक्तिमा रहेर शिक्षकहरु सेवा गर्दै आएकोले खोपमा प्राथमिकता पाउनुपर्ने संगठनको माग छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस