२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रेडक्रसद्धारा अक्सिजन कन्सेटटरसहित स्वास्थ्य सामग्री सहयोग

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

मोहन पौडेल
परासी, २० जेठ – कोभिड १९ का बिरामीहरुको उपचार गरिरहेको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई अक्सिजन कन्सटेटरसहित स्वास्थ्य सामग्री प्रदान-गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले अस्पतालमा अक्सिजनको अभाव हुन नदिन तथा बिरामीको उपचारमा सहज बनाउन आवश्यक सामग्री हस्तान्तरण गरेको हो । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि रेडक्रसले अस्पतालसहित अग्रपङ्क्तिमा खटिँदै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको जिल्ला शखाका सभापति राजेन्द्र अग्रहरीले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो । अग्रहरीले अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
अक्सिजनको अभावले धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको तथा स्वास्थ्यकर्मीले पनि आवश्यक व्यक्तिगत सुरक्षाका सामग्रीको अभावमा उपचारमा कठिनाई नहोस् भन्ने उद्देश्यले अस्पताललाई अक्सिजन कन्सटेटर एक थान, पिपिई दश सेट, शव प्याक गर्ने झोला पाँच थान, सर्जिकल मास्क एक हजार थान, सेनिटाईजर, साबुन लगायत सुरक्षाका सामग्री सहयोग गरिएको बताउनुभयो ।
अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदाले योसहित अव अस्पतालमा अक्सिजन कन्सटेटर पन्ध्र वटा पुगेकोले अव अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । रेडक्रसले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रमार्फत जिल्लाका सुरक्षाकर्मीका लागि पनि तीन हजार थान मास्क उपलब्ध गराएको छ भने पाल्हीनन्दन गाउँपालिकालाई गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता मार्फत एक हजार थान मास्क र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई जिल्ला सदस्य गौरीशंकर जयसवालमार्फत ५०० थान मास्क उपलब्ध गराएको जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो ।
महामारीको यस समयमा रेडक्रसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरी मानवीय पीडालाई कम एवं क्षति न्यूनीकरण गर्न उपचार केन्द्र, आईसोलेशन सेन्टरहरुलाई पनि पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक स्वच्छ खानेपानी, स्वास्थ्य सरसफाई, फोहार व्यवस्थापनका उपकरण, र अग्रपङ्क्तिमा खटिएकालाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
यस्तै रेडक्रसले स्वयम्सेवक परिचालन गरी टोल समुदायमा कोभिड १९ बाट बच्न र बचाउनका लागि पूर्व तयारी तथा प्रतिकार्यका कार्यहरु गर्दै आएको रेडक्रसका जिल्ला सदस्य अर्जुन क्षेत्रीलले बताउनुभयो । उक्त अवसरमा रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष रामकुमार गुप्ता, उपमन्त्री माया अग्रहरी, जिल्ला सदस्य क्षेत्री लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस