२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

लागूऔषधसहित दुई भारतीय नागरिक परासीबाट पक्राउ

२०८० मंसिर ८, शुक्रबार प्रकाशित (0 महिना अघि) १२०३ पाठक संख्या

परासी, ८ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ वाईपास परासीबाट ठूलो परिमाणको लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले यूपी ५६ क्यू २८७२ नम्बरको मोटरसाईकलमा सवार दुई जना युवकको साथबाट १५०० पत्ता नाईट्रोभेट ट्याब्लेट र ३५७० क्याप्सुल ईस्पास्मो नामक लागूऔषध नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको महाराजगञ्ज जिल्ला बर्गदवा थाना बस्ने ३२ वर्षीय ईस्तेक अन्सारी र सोही ठाउँ बस्ने १८ वर्षीय प्रिन्स हरिजन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । आज दिउँसो उक्त मोटरसाईलक जाँच गर्दा मोटरसाईकलमा सवार हरिजनले प्लाष्टिक बोराको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध बरामद गरिएको उहाँले बताउनुभयो । लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको नवलपरासी प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%४%१%

प्रतिक्रिया दिनुहोस