२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावल–७ वडा कार्यालयले भन्यो : उखुको अनुदान रकम, वक्यौता भुक्तानी र समर्थन मूल्य तत्काल तोकियोस्

२०८० कार्तिक २१, मंगलबार प्रकाशित (0 महिना अघि) ४७७ पाठक संख्या

मोहन पौडेल
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.७ वडा कार्यालयले उखु किसानको अनुदान रकम र वक्यौता रकम भुक्तानी गर्न माग गरेको छ । साथै यस वर्षका लागि उखुको समर्थन मूल्य तत्काल तोक्न समेत संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।
किसानले चिनी मिललाई विक्री गरेको उखुको भुक्तानी र सरकारले दिने भनिएको अनुदान नपाउँदा किसान मर्कामा परेको वडा अध्यक्ष हेयात खाँ धुनियाले बताउनुभयो । भुजहवामा पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष धुनियाले किसानको पक्षमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो । गत वर्ष उखु खरिद गरेका नवलपरासीका चिनी उद्योगहरुले सरकारले तोकेको मूल्यमा किसानलाई हालसम्म पनि भुक्तानी नदिएको उहाँले बताउनुभयो । चिनी मिलले सरकारले गत वर्ष मूल्य तोकेदेखि खरिद गरेको उखुको प्रति क्वीन्टल ४९५ रुपैँया र त्यसअघि खरिद गरेको उखुको प्रति क्वीन्टल ४७५ रुपैँयाको दरले मात्र भुक्तानी गर्ने बताएपछि किसान मर्कामा परेको वडा अध्यक्ष धुनियाको भनाई छ ।
वडा अध्यक्ष धुनियाले गत वर्ष किसानले विक्री गरेको उखुको भुक्तानी ४९५ रुपैयाँकै दरले गर्नुपर्ने माग गर्नुभयो ।
यस्तै नेपाल सरकारले प्रति क्वीन्टल रु ७० का दरले किसानलाई दिने भनेको अनुदान रकम पनि नपाएकोले अनुदान रकम र वक्यौता रकम भुक्तानीको व्यवस्था तत्काल मिलाउन संघीय सरकारसँग उहाँले माग गर्नुभयो। वडा अध्यक्ष धुनियाले यस वर्षको उखुको क्रसिङ शुरु हुन लागेकोले किसानले उखु खसाल्नु अघि नै समर्थन मूल्य तोक्न समेत माग गर्नुभएको छ । उखुको अनुदान रकम र वक्यौता भुक्तानी नहुँदा आफूहरु समस्यामा परेको किसानको गुनासो छ ।

Ss

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस