२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका चार राजनीतिक दलले भने- संसद विघटन विरुद्ध शसक्त प्रतिवाद गर्छौँ

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) १२१६ पाठक संख्या

परासी, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पश्चिम नवलपरासीका चार राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले संसद विघटन विरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने बताउँदै सबै दल र जनसमुदायलाई एकबद्ध हुन आह्वान गरेका छन् ।
राष्ट्रपतिले शुक्रबार मध्यराति संसद् विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनावको घोषणा गरेपछि केन्द्रिय स्तरबाटै विपक्षी पाँच दलले गठबन्धन गरेर प्रतिवाद गरिरहेका छन् । पश्चिम नवलपरासीमा पनि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासहितका विपक्षी दलले उक्त कदमको विरोध जनाएका हुन् ।
आज नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, नेपाल माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, जसपाका वरिष्ठ नेता धरेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष किशन बहादुर अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुन् ।
उनीहरुले केन्द्रमा पाँच दलले गरेको निर्णय अनुसार जिल्लामा पनि उक्त कदमको शसक्त प्रतिवाद गर्ने प्रतिवद्धतासहित वर्तमान समयमा जनताको जीवन रक्षामा संलग्न हुन आह्वान गरेका छन् । यस किसिमको असम्बैधानिक कदमले लोकतन्त्रमाथि प्रहार गर्नुका साथै संविधानको ठाडो उल्लंघन भएको दलहरुको ठहर छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस