२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

आन्दोलनका लागि तयार रहन नेपाली कांग्रेस पश्चिम नवलपरासीद्धारा कार्यकर्तालाई निर्देशन

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) १७१४ पाठक संख्या

परासी, ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन गरेको छ ।
जिल्ला सभापति विष्णु प्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पु¥याएको भन्दै त्यसविरुद्ध हुने कानुनी र राजनीतिक लडाईको आन्दोलनमा तयारी रहन भातृ संगठन, शुभेच्छु संस्था र कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
विश्वासको मत गुमाई सकेका प्रधानमन्त्री ओलीको विकल्पमा संविधानतह बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरी संविधानको पालना गर्न पनि विज्ञप्तीमा राष्ट्रपति समक्ष आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस