२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालका बिरामी र कुरुवालाई निःशुल्क चिया र तातोपानीको व्यवस्था

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

परासी, ६ जेठ । पिस क्लब ईन्टरनेशनल र हेल्पिङ्ग हेन्ड्स  परासीले पृथ्वीचन्द्र अस्पतालका बिरामी , कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क तातोपानी र चियाको व्यवस्था गरेका छन् । अस्पतालमा उपचाररत बिरामी र कुरुवाले तातोपानी र चिया पिउन नपाएकोले सामाजिक उत्तरदायित्व बहन गर्दै संयुक्त रुपमा यो व्यवस्था गरिएको दुवै संस्थाले जनाएका छन् ।
आजदेखि अस्पतालको दक्षिण गेट नजिकको मन्दिर परिसरबाट उक्त सेवा शुरु गरिएको पिस क्लव ईन्टरनेशनलका अध्यक्ष शम्भुु उपाध्यायले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो । रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गर्नुभएको हो । दुई जना सहयोगी मार्फत आयुर्वेदिक चिया र वाटर डिस्पेन्सनमार्फत तातोपानीको व्यवस्था गरिएको उपाध्यायले बताउनुभयो ।
हाल अस्पतालको क्यान्टीन बन्द रहेको र निषेधाज्ञाका कारण अन्य पसल व्यवसाय पनि बन्द रहेकोले मानव सेवालाई सर्वाेत्तम कार्य ठानी यो सेवा शुरु गरिएको हेल्पिङ्ग हेन्ड्स परासीका अध्यक्ष सञ्जय शर्माले जानकारी दिनुभयो । दैनिक बिहान ६ बजेदेखि राति नौ बजेसम्म सेवा दिईने उहाँले बताउनुभयो । हाल अस्पतालमा अधिकांश कोरोनाका विरामी रहेका छन् । यो सेवाबाट अस्पतालमा आउने बिरामी र कुरुवालाई राहत पुग्ने अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस