२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

हिंसा सहनु पनि अपराध हो, हिंसालाई निरुत्साहित गरौँ : उपमेयर चौधरी

२०७९ माघ २७, शुक्रबार प्रकाशित ( साल अघि) ३७६ पाठक संख्या

परासी, २७ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले हिंसा सहनु अपराध भएको भन्दै हिंसा सहेर बस्न नहुने बताउनुभएको छ । आफू माथि हिंसात्मक गतिविधि हुँदा लुकाएर होईन आवाज उठाएर हिंसा गर्नेलाई निरुत्साहित गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
पवन मावि परासीमा आज आयोजित बाल हिंसा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा सम्बोधन गर्दै उपमेयर चौधरीले बालबालिकाहरुलाई हिंसाबाट जोगाउन र परिहालेमा कसरी समाधान खोज्ने भनेर सचेत गराउन यस किसिमको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

20230210_141300

उपमेयर चौधरीले हिंसा भएमा नजिकको प्रहरी कार्यालय वा आआफ्ना अभिभावकलाई नडराई आफ्नो समस्या भन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षण दिँदै जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायव उपरीक्षक (डिएसपी)भोजराज पाण्डेयले बालबालिकाहरुलाई विभिन्न बहानामा यौन दुव्र्यवहार, बाल विवाह, मानव बेचबिखन, घरेलु हिंसा लगायतका हिंसाहरु ह्ुन सक्ने भएकोले आफ्नो शरीर अरुलाई छुन नदिन आग्रह गर्नुभयो । कसैले नराम्रो नियतका साथ छुन खोजे प्रतिकार गर्न र प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । डिएसपी पाण्डेयले बालबालिका माथि हुने हिंसाका प्रकार, हिंसाबाट जोगिन गर्नुपर्ने उपाय, उजुरी गर्ने तरिका, कानुनी सजाय लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
रामग्राम नगरपालिकाको सहयोगमा रमादेवी मिडिया प्रालि परासीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम पवन माविका प्रधानाध्यापक अरविन्द पाठकको अध्यक्षता तथा उपमेयर चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । उक्त अवसरमा रामग्राम नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी अर्याल, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशनका केन्द्रीय सदस्य अर्जुन बहादुर क्षेत्री लगायतले बोल्दै हिंसा नगर्न, नसहन आग्रह गर्नुभएको थियो।

20230210_134157

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस