२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजद्धारा जेसीज पूर्व परिचय तालिम सञ्चालन

२०७९ माघ ७, शनिबार प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

परासी, ७ माघ । रामग्राम महिला जेसीजको आयोजनामा जेसीज पूर्व परिचय तालिम सम्पन्न भएको छ ।
आज परासीमा आयोजित उक्त एक दिने तालिममा रामनगर जेसीजकि पूर्व अध्यक्ष हिमा न्यौपानेले जेसीजको विषयमा प्रशिक्षण दिनुभएको थियोे ।
तालिमको उद्घाटन गर्दै रामग्राम महिला जेसीजकि पूर्व अध्यक्ष प्रभा ज्ञवालीले जेसीज सिकाईको विश्व विद्यालय रहेको बताउनुभयो । जेसीजमा लागेर समाजमा धेरै युवाहरुले सफलता हासिल गरिरहेको बताउँदै उहाँले जेसीजबाट बन्धुत्व,भाईचारा,सहयोग र सामिप्यता प्राप्त गरिने बताउनुभयो ।
रामग्राम महिला जेसीज वर्ष २०२३ कि अध्यक्ष जोगमाया चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले ब्याक्तित्व, नेतृत्व र उद्यमशिल्ताको विकासको लागि जेसीज भन्दा महत्त्वपूर्ण संस्था अरु नभएको बताउनुभयो ।
जेसीज सिकाईको पाठशाला र यो पाठशालामा थुप्रै क्षमताको विकास हुने भन्दै उहाँले तालिमको माध्यमबाट नेतृत्व र व्यक्तित्व विकास गर्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा रामग्राम जेसीज २०२२ का अध्यक्ष अनिल उपाध्याय,रामग्राम महिला जेसीज २०२३ कि निवर्तमान अध्यक्ष अनिता दवाडी तिवारी लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको रामग्राम महिला जेसीज २०२३ कि महासचिव डोल्मा चौधरीले जानकारी दिनुभयो ।
महासचिव चौधरीको सञ्चालन,निर्देशक सनम मुल्मीको स्वागत तथा उपाध्यक्ष लक्ष्मी चौधरीको आस्था पाठ रहेको उक्त तालिममा जेसीज तथा अन्य क्षेत्रका युवाहरूको सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस