२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मतदाताको आकर्षण मेरो पक्षमा छ, जित्नेमा ढुक्क छु – नगेन्द्र अग्रहरी

२०७९ कार्तिक १३, आईतबार प्रकाशित ( साल अघि) ५८९ पाठक संख्या

नवलपरासी, १३ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं.२ ख बाट लोसपा राप्रपा गठबन्धनका प्रदेश सभा सदस्य पदका उम्मेदवार यूवा नेता नगेन्द्र अग्रहरीले यसपटक मतदाताको आकर्षण आफ्नो पक्षमा रहेको बताउनुभएको छ ।
मत माग्दै घरदैलोमा जाँदा जनताले अपार माया र स्नेह देखाएकोले आफ्नो जित सुनिश्चित रहेको अग्रहरीले दाबी गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत पाल्हीनन्दनका विभिन्न क्षेत्रमा घरदैलो गर्दा विगतमा जितेका प्रतिनिधिसँग मतदाता धेरै असन्तुष्ट देखिएको र यसपटक तपाईलाई नै जिताउँछौ भन्ने मत आफूले पाएको उहाँले बताउनुभयो ।
विगतमा जितेका प्रतिनिधिले गफ मात्रै गरेको तर विकासको नाममा केही काम नगरेको गुनासो मतदाताबाट आएको र अहिले आफूप्रति मतदाताको भरोसा रहेको उहाँको भनाई छ । विगतमा आफू पदमा नरहँदा पनि समाजका लागि गरेको सेवाबाट यहाँका मतदाताको आकर्षण बढेको अग्रहरीको भनाई छ । मतदाताको घरघरमा पुग्दा आफ्नो पक्षमा मतदाताको उत्साह देखिएको उहाँले बताउनुभयो । व्यवसायिक क्षेत्रमा सफल भएकोले अव जनताको सेवाका लागि राजनीतिमा होमिएको उहाँको भनाई छ ।
२०६२ सालमा तत्कालिन तमलोपा पार्टीको जिल्ला कोषाध्यक्ष हुँदै औपचारिक रुपमा राजनीतिमा होमिनुभएका अग्रहरी सफल उद्यमीको रुपमा परिचित हुनुहुन्छ । २०६६ सालदेखि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघ नवलपरासीको सदस्य हुँदै उद्योग उपाध्यक्ष रहनुभएका उहाँ पन्ध्र वर्षदेखि संघमा निरन्तर आवद्ध हुनुहुन्छ ।
सानो व्यवसाय शुरु भएको उहाँको व्यवसायिक क्षेत्रले फड्को मार्दै हाल खाद्यन्न उद्योग, चामल, चिउरा उद्योग, कृषि विउ उत्पादन उद्योग र निर्माण सामग्रीको व्यवसाय छ । आरती ग्यास उद्योगको संस्थापक समेत रहनुभएका अग्रहरीले आफ्नो उद्योगमा स्थानीय यूवाहरुलाई प्राथमिकताका साथ रोजगारी दिएको बताउनुहुन्छ ।
सफल उद्यमी मात्र नभई समाजसेवामा पनि अग्रहरीको नाम अग्रणी स्थानमा छ । कोरोना महामारीको समयमा उहाँले गरेको सेवालाई अहिले पनि स्थानीय सम्झन्छन् । जिल्लाका गाउँपालिका र नगरपालिका मार्फत जिल्लावासीलाई उहाँले कोरोना समयमा खाद्यन्न तथा नगद सहयोग गर्नुभएको थियो भने आवश्यकता अनुसार सेनिटाईजर मास्क वितरण गर्नुभएको थियो ।
बाढीको समयमा पनि बाढी प्रभावितलाई राहत वितरणमा अग्रस्थानमा हुनुहुन्थ्यो ।
रामग्राम जेसीजमा आवद्ध हुँदै सामाजिक क्षेत्रमा क्रियाशील अग्रहरी लायन्स क्लवको अध्यक्ष, अम्बे सहकारीको संस्थापक, एभरग्रीन अस्पतालको संस्थापक, रेडियो परासीको कोषाध्यक्ष पनि हुनुहुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस