२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अनेरास्ववियु र समाजवादी विद्यार्थी यूनियनद्धारा एक हजार ११ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा

२०७९ कार्तिक १२, शनिबार प्रकाशित ( साल अघि) ३३८ पाठक संख्या

परासी, १२ कात्तिक । नेकपा एमाले निकट अनेरास्ववियु र जसपा निकट समाजवादी विद्यार्थी यूनियनले पश्चिम नवलपरासीको क्षेत्र नं २ मा एक हजार ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । दुवै संगठनको आज परासीमा सम्पन्न संयुक्त भेलाले उक्त कमिटी घोषणा गरेको हो ।
एमाले र जसपा गठबन्धनबाट नवलपरासी क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई विजयी बनाउन निर्वाचन परिचालन कमिटी गठन गरेर विद्यार्थी परिचालन गरिएको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष एवं प्रवक्ता सञ्जय मौर्यले जानकारी दिनुभयो ।
एमाले जसपा गठबन्धनबाट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, प्रदेशसभा क मा एमाले नेता थानप्रसाद गैरे र प्रदेशसभा ख मा जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव उम्मेदवार हुनुहुन्छ ।
आज भएको भेलाले अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियनद्धारा गठित निर्वाचन परिचालन कमिटी संघीय क्षेत्र नं २ को ईन्चार्जमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सुशान्त शर्मा घिमिरे र सहईन्चार्जमा अनेरास्ववियू केन्द्रीय सदस्य रमेश नेपाली र समाजवाद ी विद्यार्थी यूनियनका कमलेश मालीलाई चयन गरेको छ ।
यसैगरी प्रदेशसभा क तर्फ ईन्चार्जमा सन्देश कोईरा, संयोजकमा निरज पौडेल र सहसंयोजकमा निरज खड्का तथा प्रदेशसभा ख तर्फ ईन्चार्जमा भगवती प्रसाद यादव,संयोजकमा अमरमणि गुप्ता र सहसंयोजकमा सुनिल सहानीलाई चयन गरिएको बताईएको छ । भेलाले सूचना प्रविधि ईन्चार्जमा सञ्जय मौर्यलाई जिम्मेवारी दिएको छ ।
अनेरास्ववियू जिल्ला अध्यक्ष नीरज पौडेलको अध्यक्षता तथा एमाले जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का उम्मेदवार दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा २ कका उम्मेदवार थानप्रसाद गैरे, २ ख का उम्मेदवार धरेन्द्र यादव लगायतले एमाले र जसपा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै क्षेत्रबाट लागिपर्न आग्रह गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस