२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रस जिल्ला शाखा पश्चिम नवलपरासीले रेडक्रसको ६० औँ स्थापना दिवस मनायो

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) ४५५ पाठक संख्या

मोहन पौडेल
परासी, १९ भदौ । नेपाल रेडक्रस सोसाईटीको ६० औँ स्थापना दिवस पश्चिम नवलपरासीमा आज विविध कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा रेडक्रस जिल्ला शााखाले रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्बीर माल्यार्पण तथा बिरामीलाई फलफूल  वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कार्यालय परासीमा आज विहान आयोजित कार्यक्रममा जिल्ला सभापति राजेन्द्र अग्रहरी तथा अन्य पदाधिकारीहरुले रेडक्रसका संस्थापक डयुनाको तस्बीरमा माल्यार्पण गर्नुभएको थियो ।
सभापति अग्रहरीले रेडक्रसको महत्वबारे प्रकाश पार्दै जिल्लामा समुदाय र सरोकारवाला निकायसँग रेडक्रसले मिलेर मानवीय सेवा गरिरहेको र समुदायबाट पनि साथ रहँदै आएको बताउनुभयो । उहाँले रेडक्रसलाई अझै सबल र विश्वसनीय बताउँदै लैजाने पनि बताउनुभयो ।
माल्यार्पणपछि आजै पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल पनि वितरण गरिएको रेडक्रसले जनाएको छ । उक्त अवसरमा जिल्ला सभापति अग्रहरीसहित प्रदेश सदस्य हैदर अलि मोमिन, उपमन्त्री माया अग्रहरी लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

R0 R1

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस