२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

लघुकथा- कर्तव्य

२०७९ भाद्र १८, शनिबार प्रकाशित ( साल अघि) ६३९ पाठक संख्या

खगेन्द्र बस्याल

उसले आफ्नो हैसियतले भ्याए सम्म श्रीमतीको चाहना पुर्‍याएर माया गरेकै थियो ।कहिल्यै उनलाई अरुले जस्तो तँ भनेको पनि थिएन।तैपनि उनलेे मेरो महिला अधिकार तपाईंबाट हरायो भन्न बाँकी राखेकी थिइनन् ।

छोराछोरीलाई पनि हृदय देखि माया गर्न कुनै कुरा बाँकी राखेको थिएन।तैपनि उनीहरू आफ्नो थरिथरिका कपडा, महँगो मोबाइल किन्न र चाहेको ठाउँमा घुम्न जान नपाएकोले हाम्रो बाल अधिकार घरबाटै हरायो भनिरहेका थिए।

यो देखिएका उसका बृद्धअबश्थाका बाअामाले छोराको यो पीडा देख्नु भन्दा त बृद्धाश्रममा गएर बस्न पाए हुन्थ्यो भनी आफसमा बिलौना गरिरहेका हुन्थे।

यसैबीच श्रीमती एवम् छोराछोरीले आफ्नो अधिकार हरायो भनि उसलाइ सताइरहेको बेला उसले जङ्गिदै भन्यो `हाम्रो घरमा अर्को कुरा हराएको छ।जसको कारण म कति छट्पटीएको छु तिमीहरूले कहिल्यै ख्याल गरेका छौ!´ त्यो सुनेर चासोका साथ उनीहरूले सोधे ` के हराएको छ र!´

उसले निकै गम्भीरतापूर्वक भन्यो – ` कर्तव्य ´

* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०७९ भदौ १८

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस