२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमालेका लोकप्रिय काम नै चुनाव जित्ने आधार – उपमहासचिव ज्ञवाली

२०७९ बैशाख २०, मंगलबार प्रकाशित ( साल अघि) ५९३ पाठक संख्या

मोहन पौडेल
परासी, २० वैशाख – नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले गरेका लोकप्रिय काम नै चुनाव जित्ने बलियो आधार भएको बताउनुभएको छ । अहिले जनतामाझ गएर पार्टीले सरकारमा रहँदा जनता र देशको पक्षमा गरेका लोकप्रिय काम सम्झाउन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा पार्टीको नगर कमिटीले आज आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले केपी ओलीलाई गाली गर्ने बाहेक विपक्षीसँग एजेन्डा नै नभएको बताउनुभयो । विपक्षीको पाँच दलीय गठबन्धन कुनै शक्तिको प्रतिक नभई कायरताको प्रतिक भएको टिप्पणी गर्नुभयो ।
उहाँले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन आग्रह गर्नुभयो । आगामी निर्वाचनमा एमालेले तीनै तहमा बहुमतका साथ जितेर सरकार चलाउने उहाँको दाबी थियो । एमालेले नेतृत्व गर्ने सरकारले एक वर्ष भित्र सुकुम्बासीको समस्या समाधान गरी सुकुम्बासीको समस्या सदाका लागि अन्त्य गर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एवं सुनवल चुनाव परिचालन कमिटी संयोजक थानप्रसाद गैरेले यसपटक सुनवलका मेयर उपमेयरसहित सबै वडामा सत प्रतिशत जनप्रतिनिधि जितेर देखाउने बताउनुभयो । एमाले सुनवल नगर अध्यक्ष दुर्गानारायण सुवेदीले सबै एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । उक्त अवसरमा एमाले केन्द्रीय सदस्य एवं सुनवलकी मेयर उम्मेदवार बिमला अर्यालले उपमहासचिव ज्ञवालीलाई स्थानीय प्रतिवबद्धता पत्र हस्तान्तरण गर्नुभएको एमाले सुनवल नगर सचिव मुरली गौतमले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस