२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनमा एमालेको पार्टी कार्यालय उद्घाटन, पार्टी प्रवेश तथा अनेमसंघ गठन

२०७८ फागुन ३, मंगलबार प्रकाशित ( साल अघि) ८१९ पाठक संख्या

परासी, ३ फागुन । नेकपा एमाले पाल्हीनन्दन गाउँपालिका कमिटीको आयोजनामा पाल्हीनन्दनमा पार्टी कार्यालय उद्घाटन, पार्टी प्रवेश तथा अनेमसंघको गाउँ कमिटी गठन कार्यक्रम बेलाशपुरमा सम्पन्न भएको छ ।
एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य बैजनाथ चौधरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा नेता चौधरीले तराई मधेसको विकास एमाले सरकारको नेतृत्वमा भएको बताउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तराईका सदरमुकाम विकास कार्यक्रम, महेशपुर भन्सारको स्तरोन्नती, महेशपुर परासी सुनवल सडकको विस्तार लगायत थुप्रै कामहरु एमाले नेतृत्वको सरकारले गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरी ७० जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला उपसचिव रिंगला यादवले जानकारी दिनुभयो । साथै उक्त कार्यक्रमबाट अनेमसंघको गाउँपालिका कमिटी पनि गठन भएको छ । जसको अध्यक्षमा सम्झना चौधरी, उपाध्यक्षमा रिन्जु चौधरी, सचिवमा पुष्पा चौधरी, सहसचिवमा सरोज कुमारी चौधरी लगायत १७ सदस्यीय कमिटी गठन भएको र नवगठित कमिटीलाई नेकपा एमालेकी केन्द्रीय सदस्य बिमला अर्यालले सपथग्रहण गराउनुभएको नेतृ यादवले बताउनुभयो ।
गाउँकमिटी अध्यक्ष अशोक राजभरको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनाल, जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, उपसचिव रिंगला यादव, जिल्ला सचिवालय सदस्य एवं प्रदेश २ ख ईन्चार्ज रामनरेश केवट, जिल्ला सदस्य प्रेमसागर दास पटेल,यमकुमारी सुवेदी,शशि आनन्द खत्री(नन्दु) लगायतले बोल्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस