२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रेडक्रसद्धारा सरावल र रामग्राममा समुदायमा आधारित वृहत् स्वास्थ्य कार्यक्रम सञ्चालन

२०७८ आश्विन ५, मंगलबार प्रकाशित ( साल अघि) ८०० पाठक संख्या

 

मोहन पौडेल
परासी, ५ असोज । नेपाल रेडक्रस सोसाइटी पश्चिम नवलपरासी जिल्ला शाखाले समुदायमा आधारित वृहत् स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ ।
सामुदायिक स्वास्थ्य प्रणाली सुदृढ गर्न र समुदायलाई स्वस्थ जीवन शैलीको लागि उत्प्रेरित गर्न क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको यो कार्यक्रम हाल रामग्राम नगरपालिका र सरावल गाउँपालिकामा लागू गरिएको हो ।
रेडक्रस जिल्ला शाखाले आज परासीमा अभिमुखिकरण कार्यक्रम गरि उक्त परियोजनाबारे जानकारी गराएको हो ।
सन् २०२० को अप्रील देखि शुरु भएको उक्त कार्यक्रम सन् २०२१ को अप्रीलसम्म प्रारम्भिक चरणमा सञ्चालन गरिएकोमा अब सन् २०२३ को डिसेम्बर सम्म विकास र परिणाममुखि रुपमा सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका अधिकृत दीपक पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरगत सामुदायिक स्वास्थ्य गतिविधि तथा नेपाल सरकारले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रममा सहयोग गर्ने, आकस्मिक स्वास्थ्यको क्षेत्रमा पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरि दक्ष जनशक्ति परिचालनको व्यवस्था मिलाउने र लैंगिक सुरक्षा र संरक्षणको क्षेत्रमा परियोजनाले काम गर्ने उहाँले बताउनुभयो ।
रेडक्रसले समुदायमा आधारित वृहत् स्वास्थ्य कार्यक्रम पश्चिम नवलपरासी सहित बागलुङ र खोटाङ गरि नेपालका तीन जिल्लामा सञ्चालन गरेको जनाएको छ ।
रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले समुदायको स्वास्थ प्रणाली बलियो बनाई स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम सफल पार्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
रेडक्रसले विपद्को समयमा सक्दो सहयोग गर्दै आएको भन्दै उहाँले बाढीबाट सबैभन्दा बढी प्रभावित सरावल गाउँपालिका र जिल्ला सदरमुकामममा रहेको रामग्राम नगरपालिकालाई नमुनाको रुपमा छनौट गरिएको जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्रााम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता,सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी,रेडक्रस केन्द्रीय स्वास्थ्य विभाग प्रमुख डा. मनिताराज कर्णिकार,क्यानेडियन रेडक्रसका प्रतिनिधि रमेश न्यौपाने,रेडक्रस लुम्बिनी प्रदेश सदस्य हैदरअलि मोमिन,जिल्ला उपसभापति कृष्णप्रसाद लामिछाने, जिल्ला शाखा वरिष्ठ अधिकृत मुरारी गुप्ता लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस