२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा नेकपा (एस)को १५१ सदस्यीय जिल्ला कमिटी घोषणा

२०७८ आश्विन ३, आईतबार प्रकाशित ( साल अघि) २३८४ पाठक संख्या

परासी, ३ असोज । पश्चिम नवलपरासीमा नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) को जिल्ला कमिटी घोषणा गरिएको छ ।
आज भूमहीमा भएको एक कार्यक्रमबाट यज्ञ खनालको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
नेकपा एमालेबाट विभाजन भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एस पश्चिम नवलपरासीको उपाध्यक्षमा कृपाललाल यादव,टंक खनाल,सचिवमा कुमार आले,सहसचिवमा अर्जुन सुनार र प्रकाश भट्टराई रहनुभएको पार्टीका जिल्ला सचिव कुमार आलेले जानकारी दिनुभयो ।
यसअघि शिवलाल कण्डेलको नेतृत्वमा रहेको एमाले समानान्तर जिल्ला कमिटी नै नेकपा एसमा समाहित भएको उहाँले बताउनुभयो । कण्डेलको निधन भएकोले खनाल अध्यक्ष बन्नुभएको हो ।
आजै पार्टीको महिला संगठनको जिल्ला संयोजकमा लक्ष्मी भुसाललाई चयन गरेको छ ।
कृपाललाल यादवको अध्यक्षता तथा नेकपा एस लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा नेकपा एसका नेताहरू केशरमणि पोखरेल,रामचन्द्र अधिकारी, बृहस्पति अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१०%५%३%१%२%

प्रतिक्रिया दिनुहोस