२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बहुराष्ट्रिय संघीयता र राष्ट्रपतिय शासन प्रणालीको लागि संविधान संशोधन आवश्यक

२०७८ आश्विन ३, आईतबार प्रकाशित ( साल अघि) ११४४ पाठक संख्या

मोहन पौडेल
परासी, ३ असोज । पूर्व शिक्षा राज्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य गोविन्द चौधरीले नेपालमा संसदीय शासन प्रणाली असफल र बदनाम भएकोले राष्ट्रपतिय शासन प्रणाली आवश्यक देखिएको बताउनुभएको छ ।
उहाँले राज्य पुनः सरचना गरि बहुराष्ट्रिय संघीय शासन प्रणाली अवलम्बन गर्न संविधान संशोधन गर्नुपर्ने माग गर्नुभयो ।
संविधान दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपाल नवलपरासीले आज परासीमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता चौधरीले अहिलेको सात प्रदेशलाई सुधार गरि दस वटा भौगोलिक र एउटा गैर भौगोलिक ( जातीय ) गरि ११ प्रदेश बनाएमात्र सबै वर्ग समुदायको अपनत्व हुने बताउनुभयो ।
अहिलेको संविधानमा धेरै त्रुटि रहेको कांग्रेस एमालेले समेत स्वीकार गरिसकेकोले सीमांकन,शासकीय स्वरुप,नागरिकता लगायतको विषयमा संविधान संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो ।
यस्तै पूर्व रक्षा राज्यमन्त्री एवं जसपा नेपालका केन्द्रीय सदस्य रामवचन यादवले आफुहरुको प्रमुख मुद्दा सिमांकन रहेकोले पहिचानको आधारमा सिमांकन गर्नुपर्ने माग गर्नुभयो । उहाँले सगरमाथा हिमाल,पहाड ,तराई मधेस र बुद्धको भूमि लाई पहिचान दिने गरि संविधान संशोधन गर्न जोड दिनुभयो ।
उहाँले लुम्बिनी प्रदेशमा थारु र मधेसीको बाहुल्यता भएकोले पहाड मिसाउन नहुने बताउनुभयो । जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले नवलपरासी देखि कञ्चनपुर सम्मको भुगोल समेटेर मधेस थरुहट प्रदेश हुनुपर्ने माग गर्नुभयो । अनेक भाषाभाषी र समुदायको बसोबास रहे पनि एउटा जात र वर्गलाई मात्र संघीयता आएको भन्दै उहाँले पहिचानको आधारमा मधेसी जनजाति लगायत पिछडिएका वर्गको अधिकार सुनिश्चित हुने गरि संविधान संशोधन गर्न माग गर्नुभयो ।
जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य गोबिन्द चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरु रामवचन यादव,चिनक कुर्मी,अलाउलिन अन्सारी,सुरेन्द्र पटेल,वीरेन्द्र हरिजन,मुन्ना लाल, उर्मिला पाण्डे,नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्याय,महिला संगठनकि जिल्ला सचिव अञ्जु चौधरी लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको जसपाका जिल्ला सहसचिव चन्द्रभुषण पाठकले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस