२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीका बाढीपीडित ९० परिवारलाई नेपाल- भारत महिला मैत्री समाजद्वारा राहत प्रदान

२०७८ आश्विन २, शनिबार प्रकाशित ( साल अघि) ८७१ पाठक संख्या

गाैरीशंकर जयसवाल
परासी, २ असोज । नेपाल भारत महिला मैत्री समाज काठमाण्डौले जिल्ला विपद व्यवस्थापन समिति नवलपरासीलाई राहत सामाग्री हस्तान्त्रण गरेको छ । जिल्लामा बाढीबाट प्रभावित भई घरविहिन भएका घरपरिवारलाई अस्थायी बसोबासको व्यवस्थापनको लागि संस्थाले विपद व्यवस्थापन समितिलाई उक्त राहत सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा आज परासीमा एक कार्यक्रम गरि संस्थाकी अध्यक्ष एवं पूर्वमन्त्री एवं सांसद चन्दा चौधरीले राहत सामग्रीहरु हस्तान्त्रण गर्नुभएको हो ।

सांसद चौधरीले आफनो व्यक्तिगत पहलमा भारत सरकारबाट सहयोग प्राप्त गरेको उक्त राहत सामग्रीहरु बाढीबाट प्रभावित भई घर विहिन भएका पीडित परिवारहरुलाई तत्काल अस्थायी बसोबास गराउने गरि विपद व्यवस्थापन समिति मार्फत राहत उपलब्ध गराईएको हो ।
राहत सामाग्री हस्तान्तरण गदै पूर्वमन्त्री चाैधरीले नेपाल भारतसँग सम्बन्ध जस्तो मित्रता कुनै देशकाे नभएको भन्दै पीडित कुनै जात र पार्टीको नभएकाे बताउदै मानवीय सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
पुर्वमन्त्री चौधरीले आगामी दिनमा बाढी प्रभावित र विभिन्न क्षेत्रबाट प्रभावित व्यक्तिहरुलाई थप आवश्यक राहत सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राहत सामग्री बुझदै प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जिल्लामा एकद्वार प्रणालिबाट राहत बितरण गरिएकाे बताउनुभयो । उहाँले स्थानीय तहहरूले जिल्लामा बाढीबाट प्रभावित रहेकाे तथ्यांक यकिन गर्न नसकेकाेले जिल्ला प्रशासनलाई गाह्रो भएको बताउनुभयो ।
संस्थाले राहत स्वरुप त्रिपाल, टेन्ट, फैमिली रेजिड टेन्ट सिंगल, फैमिली रेजिड टेन्ट डबल, प्लास्टिक सिट, स्लिपिङ्ग म्याटहरु गरि ९० घरपरिवारलाई पुग्ने गरि प्रदान गरेको संस्थाकि अध्यक्ष सांसद चौधरीले जानकारी दिनुभयो । उहाँले सन २०१३ सालमा स्थापना भएको यो संस्थाले यसबर्ष मात्र बाढीप्रभावित १० जिल्लामा कुल रु ४ करोड ७५ लाखको विभिन्न राहत सामग्रीहरु वितण गरिने जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस