२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमसीसीको विषयमा प्रमुख प्रतिपक्षी दलसँग सरकारको तर्फबाट कुनै प्रस्ताव आएको छैन : एमाले नेता विश्वकर्मा

२०७८ भाद्र २९, मंगलबार प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

मोहन पौडेल
परासी,२९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा सरकारको तर्फबाट अहिलेसम्म प्रतिपक्षी दललाई कुनै प्रस्ताव नआएको बताउनुभएको छ ।
एमसीसी सरकारको विषय भएकोले सरकारले आधिकारिक रुपमा प्रस्ताव गरेपछि मात्र एमालेले यश विषयमा निर्णय लिने उहाँले बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) स्थित नेकपा एमाले जिल्ला कमिटीले परासीमा आज गरेको अगुवा कार्यकर्ता भेलामा प्रशिक्षण दिँदै नेता विश्वकर्माले राष्ट्रियता र मुलुकको अखण्डतामा आँच पुर्याउने कुनै विषयमा भने एमालेले सम्झौता नगर्ने उल्लेख गर्नुभयो ।
उहाँले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्नुभएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ पार्टीको ओैचित्य पुष्टि गरेर देखाउन चुनौती दिनुभयो । देशको राजनीति एमालेकै वरपर घुमिरहेकोले एमाले सकियो भनेर सोचेको भए त्यो मुर्खता मात्र हुने उहाँको चेतावनी थियोे ।
अहिले एमाले जनताका समस्या सम्बोधन गर्दै पार्टीलाई चुस्त दुरुस्त बनाउने अभियानमा लागेको बताउँदै नेता विश्वकर्माले उच्च मनोबलका साथ लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तुलसी पासीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरी, दधिराम न्यौपाने, ज्येष्ठ कम्युनिस्ट मञ्चका खिमलाल पोखरेल, प्रशिक्षण विभागका केन्द्रीय सदस्य बद्री खनाल, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य राजु हरिजन, राष्ट्रियसभा सदस्य रामलखन हरिजन,प्रदेशसभा सदस्य द्धय दिपेन्द्र अधिकारी,भगवती भण्डारी,एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारी,बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्याल लगायतले बोल्नुभएको एमाले जिल्ला सचिव थानप्रसाद गैरेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस